समायोजन खबर खोटाङ, खोटाङको ऐसेलुखर्क गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलालाई गाउँपालिकाले गरेको विकास, संमृद्धीका वारेमा समायोजन खबर डटकमले प्रश्न गरेको छ । प्रस्तुत छ अध्यक्ष निरौलासँग गरिएको कुराकानीको संम्पादित अंश ।
स्थानीय सरकार आएपछि कस्तो भयो गाउँपालिका ?
तुलनात्मक रुपमा हेर्दाखेरी धेरै विकसित र संमृद्ध हुंदै गएको हामीले महशुष गरेका छौ ।
जनप्रतिनिधि आएपछि गाउँपालिकावासीले के अनुभूत गरे होलान् ?
धेरै कुराको अनुभूति गरे गाउँपालिकावासीले । किन भने स्थानीय सरकार भनेको शक्तिसम्पन्न र स्वचालित भएको हुनाले धेरै कुराहरु जनताले यहाँबाट फाइदा लिन सक्ने अवस्था रह्यो ।
जसले गर्दा विकासे कामहरु गर्नलाई सदरमुकाम धाउन नपर्ने, वजेट सिधै आफ्नो जनप्रतिनीधिसँग माग्न सक्ने, वडाबाट वजेट विनियोजन हुने, विकासका कामहरुमा समय समयमा अनुगमन हुने, नियमन गराउने जस्ता कामहरु हुने भएकाले जनताहरुले वाहिर कुनै पनि ठाउँमा गएर विकासे कामको सानातिना कुराहरुमा अल्झन नपर्ने, प्रदेश, केन्द्रमा भन्दा गाउँपालिकामा काम छिटो गतिमा हुने, जनताहरुले योजना पाउने, जनप्रतिनीधिले पनि कहाँ आवश्यक छ ।
प्राथमिकीकरण गरेर योजनाहरु दिन सक्ने, कामको अनुगमन गरेर भएका कमी कमजोरी भए सुधार गर्नलाई सुझाव दिन सकिने र वेइमानी गर्नेहरुलाई कानुनको कठघरामा उभ्याउने र वजेटलाई रोक्का गर्नेसम्म अधिकार भएको हुनाले जनताले विकासे काममा पनि अपनत्व गरे, वजेट माग्न र फरफारक गर्न सहज, पारदर्शी र दिगो काम गर्ने वानीको अनुभूति गरेका छन् ।
तपाईहरुले गरेको विकास जनतामूखि भए कि कार्यकर्तामूखि ?
जनतामूखि । समाजमा आवश्यकता कहाँ छ, प्राथमिकीकरण गरेर हामीले वजेट विनियोजन गर्छौ, वजेट विनियोजन गर्न अगाडी हामीले टोलटोलमा वजेटका आवश्यकता र प्राथमिकता के राख्ने, सुत्रबद्ध तरिकाले अभिमूखिकरण गरेर वडाध्यक्षलाई निर्देशन दिन्छौ, निर्देशन पश्चात टोलटोलबाट योजना छनौट गरेर प्राथमिकीकरणका आधारमा वजेट विनियोजन हुन्छ । त्यसो गर्दाखेरी कार्यकर्तामूखि वजेट ऐसेलुखर्क गाउँपालिकाले आजसम्म प्रक्षेपण र प्रवाह गरेको अवस्था छैन ।
सडक, पुल, टावर मात्रै बनाउनु भयो कि जनताको जीवनस्तर पनि उकास्नु भयो ?
टावर बनाउँदा त अहिलेको टेक्नोलोजीमा सञ्चारको माध्यमले मानिसहरुलाई विश्वमा छरिएर रहेका आफन्त, आफूले संसारभित्र पसेर कहाँ, के भएको छ खोज गर्ने वानीको बिकास गर्छ, यो सञ्चारको पाटो भो ।
यातायात चाँहि जनताको एउटा हरेक क्षेत्रमा जोडिने पूर्वाधार रहेछ । किन भने आवतजावत गर्न, विरामी हुंदाखेरी उपचार गर्न लगायत हरेक क्षेत्रमा यातायात भएन भने हाम्रा कृषि उपजहरु वाहिर लान, वाहिरका चिजहरु गाउँपालिका भित्र्याउन समस्या हुने रहेछ ।
यातायातको सञ्जाल जोडिएन भने विविध कुरामा असर हुनाले एकापाटोमा यसले ठूलो सहयोग गर्छ, पुलपुलेसो भनेको चाँहि खोलावारी पारी गर्नका लागि, कृषिका लागि, मेलापात गर्न पनि पुलहरु बनाउनुपर्ने बाध्यात्मक स्थिति छ । ठूल्ठूला बगेको लेकाली भेग भएको हुनाले यस्तो गर्नुपर्ने अवस्था छ ।
त्यसमा मात्रै जोड गर्दाखेरी समग्र गाउँपालिका संमृद्ध हुन्छ जस्तो लाग्दैन, हामीले शिक्षा पनि जोड्नुपर्ने हुन्छ । शिक्षाको चेतना भएन भने हामीले निर्माण गरेका विकासका पूर्वाधारमा ठूलो क्षति हुने रहेछ । स्वास्थ्य भएन भने मानिसहरुको वसाईसराई दर बढ्ने रहेछ । शिक्षा र स्वास्थ्यमा जोड गरियो भने मान्छेको वसाईसराई दरमा कमी हुने गाउँमै वस्ने वातावरण हुंदो रहेछ । वाहिर गएका मानिसहरु पनि सबैखाले विकास गरिएमा आफ्नो गाउँठाउँलाई संमृद्ध बनाउन फर्कने रहेछ ।
तर, जनताको जीनवस्तर त आज पनि उस्तै छ ?
जीवनस्तर उकास्न त प्रत्यक्ष देखिने कुरा हैन । आन्तरिक र वाह्य दुई पाटोबाट हेर्नुपर्छ । भौतिक रुपमा वाहिरबाट हेर्दा मान्छेको जीवनस्तर उस्कियो । मानिसहरुको लवाई खवाई, हिडाई डुलाई, रहनसहन, संस्कार संस्कृतीमा सुधार गरेर उनीहरुले बाह्य पाटो सुधारेको देखिन्छ ।
आन्तरिक पाटो चाँहि आर्थिक र शिक्षामा मजबुत हुने हरेक कुरालाई एकीकृत बनाएर काम गर्ने वानिको विकास नभएको हुनाले मान्छेको आन्तरिक पाटो उकास्न अझै समय र चेतनाको आवश्यक पर्ने भएकाले आन्तरिक पाटो नउस्किन्जेलसम्म सहज अनुभूति नहुने रहेछ ।
विकास गरेका संरचनाहरुबाट के–के उपलब्धि हुंदैछ ?
अहिले हामीले कृषिमा लगानी गर्दै गर्दाखेरी खशी, बंगुर, राँगा यहाँका कृषकहरुले बाहिर विक्री गरिरेका छन् । आलु पकेट क्षेत्र निर्धारण गरेर आलु उत्पादन गरी वाहिर पठाउन सफल भएका छौ ।
यातायातका पूर्वाधार भएकाले किसानहरुले उत्पादन गरेका कृषि उपजहरु वजारमा ल्याएर विक्री गर्न र वाहिरबाट यहाँ उत्पादन नहुने कृषि उपजहरु भित्र्याएर उपभोग गर्न यातायातको पाटोले सहयोग गरेको छ । आर्थिकस्तर उकास्ने भनेको मुख्यतः यातायात नै रहेछ ।
तपाई विदा भएर जाँदै गर्दा कस्तो बन्ला गाउँपालिका ?
कर्मचारीहरुले आ,आफ्नो कक्षमा बसेर सहज रुपमा सेवाग्राहीहरुको काम सम्पादन गर्न सक्ने सुविधा सम्पन्न गाउँपालिका भवन बन्नेछ । सभा, सम्मेलन गर्न सहज सभाहलको व्यवस्थापन हुनेछ, टोलटोलमा यातायातका साधनहरु व्यवस्थित रुपमा वर्षभरी नै सञ्चालन हुनेछ, रावाखोलाको पक्की पुल हामी निर्वाचित भएपछि पूरा गरेको हौ, अन्य पुल पुलेसाहरु ठाँउठाउँमा निर्माण सम्पन्न भएर मानिसहरुलाई आवतजावत गर्न सहज हुनेछ ।
गाउँपालिकावासीको अकालमा मृत्यु नहोस भनेर एम्बुलेन्सको व्यवस्थापन गरेका छौ, प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गराउन समस्या थियो त्यसको लागि हामीले जनशक्ति व्यवस्थापन गरेका छौ, १५ शैयाको अस्पताल बन्ने क्रममा छ, शैक्षिक गुणस्तर वृद्धि गर्ने क्रममा ई–लाईब्रेरी, ई–हाजिरी, धुलाम्मे कक्षाकोठाको अन्त्य, शिक्षक तालिम, शैक्षिक सामग्रीमा सुधार, विद्धालयमा ईन्टरनेट जडान गरेका छौ जसका कारण गुणस्तरीय विधार्थीहरु उत्पादन हुनेछन् ।
कृषिमा सुधार गरेर आत्मनिर्भर बनाईनेछ । अन्नवाली, पशुपालन, सागसव्जीमा आत्मर्निभर बन्नेछ । पर्यटकीय क्षेत्रको विकास गरेर पर्यटकहरु सहजै रुपमा गाउँपालिका भित्रन सक्नेछन् । हामीले छोडेर जाँदै गर्दा ऐंसेलुखर्क गाउँपालिका तुलनात्मक रुपमा धेरै माथि उठाएर संमृद्ध बनाएर गाउँपालिका छोड्ने हाम्रो अठोट छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology