• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कांग्रेसको काँधमा जिम्मेवारी आएको छ : देउवा

कांग्रेसको काँधमा जिम्मेवारी आएको छ : देउवा


समायोजन खबर
  • आइतबार, चैत्र १ २०७७

  • प्रधानमन्त्री शेरबहादुर देउवा।

    समायोजन खबर खोटाङ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकलाई निकास दिन कांग्रेसको काँधमा जिम्मेवारी आएको बताउनुभएको छ ।

    बारा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (ख) को बेलदारीमा पार्टी नेता खुमबहादुर खड्काका स्मृतिमा आयोजित अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिताको बेलदारीमा आज उद्घाटन गर्दै सभापति देउवाले सहमति, सहकार्य र एकताका माध्यमबाट प्रजातन्त्रमा विश्वास गर्ने सम्पूर्ण लोकतान्त्रिक शक्तिलाई मिलाई पार्टी अघि बढ्ने जानकारी दिनुभयो ।

    पूर्वप्रधानमन्त्री देउवाले लोकतन्त्र जीवन्त रहे लोकतान्त्रिक पार्टीहरूको भविष्य रहने भन्दै संविधानको रक्षाका लागि आफ्नो पार्टी पूर्णरुपमा प्रतिबद्ध रहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “देशलाई कांग्रेसको खाँचो रहेको हँुदा हामी सबै कांग्रेस पार्टीको एक स्वर हुन जरुरी छ, जनताको विश्वास र भरोसा कांग्रेसले दिनुपर्ने बेला आएको छ ।” उहाँले विकास, समृद्धिसँगसँगै विधिको शासन कायम गरी भ्रष्टाचारमुक्त समाजको परिकल्पना गर्नु नै मुलुकका लागि हितकर हुनेमा जोड दिनुभयो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology