समायोजन खबर खोटाङ, दशै अघिदेखी ठप्प पारेकोे महुरे–राजापानी (सिमपानी)सडक कालोपत्रेको काम निर्माण कम्पनीले सव–कन्ट्रयाक्टरलाई जिम्मा लगाएको छ । गाईघाट–दिक्तेल सडकको महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक खण्डको महुरे–राजापानी (सिमपानी) २२ किलोमिटर सडक कालोपत्रेको ठेक्का लिएको भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीले बाँकी काम ग्राईन्ड डिजाईन कन्ट्रक्सन प्रालि नेपालगञ्जलाई जिम्मा दिएको हो ।
कालोपत्रेको काममा चरम ढिलासुस्ती भइरहेको तथा गुणस्तरमाथि पटकपटक प्रश्न उठ्दा आलोचित बनिरहेको भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीले सम्झौता म्याद नाघेको ७ महिना बितेपछि अर्कै निर्माण कम्पनीलाई सव–कन्ट्रयाक्टमा काम छोडेको हो ।
अढाई महिनाअघि सव–कन्ट्रयाक्ट गरेको ग्राईन्ड डिजाईन कन्ट्रक्सनले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमख दिपनारायण रिजाल, उपप्रमुख बिणादेबी राई, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मालगायतको उपस्थितिमा २६ फागुनदेखि महुरेबाट काम थालेकोे छ ।
भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीका डाइरेक्टर दिपेन्द्रबहादुर शाहीले कालोपत्रेको बाँकी काम ह्याण्डओभर गरेपछि काम सुरु गरिएको ग्राईन्ड डिजाईन कन्ट्रक्सन प्रालिका डाइरेक्टर दिनेशकुमार पुडासैनीले बताए । १८ महिनादेखि २४ महिनाभित्र कालोपत्रेको काम पुरा गर्ने लक्ष्य राखेको पुडासैनीको दावि छ ।
सडक कालोपत्रेको काममा ढिलासुस्ती र मनलाग्दी गर्ने भारत कन्ट्रक्सन/सिद्धी शाहीबाट करिब साँढे ६ करोड बैंक ग्यारेन्टी तानिएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इन्जिनियर (डिई) गोपाल खकुरेलले बताए । ४१ करोड ५० लाखको लागतमा ठेक्का लिएको भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीले हालसम्म ३५ प्रतिशत मात्र भौतिक प्रगती देखिएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरले जनाएको छ ।
यस्तै, गाईघाट–दिक्तेल सकडकै राजापानीको सिमपानीदेखी फोक्सिङटारसम्मको काममा पनि उस्तै ढिलासुस्ती छ । देवनारायण पवन मैनाचुली खाम्पाचे जेभीले कालोपत्रेको काम गरिरहेको २६ किलोमिटर सडकको काममा पनि चरम ढिलासुस्ती छ ।
२०७३ साल साउन ११ गते ४ वर्षमा काम सक्नेगरी देवनारायण पवन मैनाचुली खाम्पाचे जेभीले सम्झौता गरेपनि ४ वर्षे म्याद गत साउनमै गुजारेको छ । यतिवेला म्याद थपको प्रक्रियामा रहेको साईड ईन्जिनियर विवेक लिम्बुले बताए । ७० प्रतिशत भौतिक प्रगति र ५९ प्रतिशत वित्तिय प्रगति भएको ईन्जिनियर लिम्बुले दावि गरे ।
सम्झौता म्यादमै कालोपत्रेको काम सकिने थियो । अविरल वर्षाका कारण बनिसकेका संरचना पहिरोले भत्काई दियो, कोरोनाले पनि काममा बाधा पुग्यो । लिम्बुले भने, ‘अब भने आन्तरिक तयारी गरेर काममा जुटेकाले कामले तिव्र रुप लिनेछ ।’ यतिबेला सडक सफा गर्ने, मर्मत संभार गर्ने र नयाँ संरचनाको काम भईरहेको उनले बताए ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology