• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

शोककाव्य ‘हजुरबा’ लोकार्पण

शोककाव्य ‘हजुरबा’ लोकार्पण


समायोजन खबर
  • शुक्रबार, फाल्गुन २८ २०७७

  • शोककाव्य ‘हजुरबा’ लोकार्पण गर्दै साहित्यकार बिष्णु आभूषण । तस्बिरः समायोजन खबर डटकम

    समायोजन खबर खोटाङ, श्रष्टा प्रकाश आचार्य ‘भावुक’ प्रभाको शोककाव्य ‘हजुरबा’ लोकार्पण गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल फूलबारी टोलका आचार्यले आफ्नो स्वर्गीय हजुरबा बोलप्रसाद आचार्य ‘माझाघरे’को स्मृतिमा सिर्जना गरेको शोककाव्य महाशिवरात्रीको अवशर पारेर बिहिबार लोकार्पण गरिएको हो ।

    जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा साहित्यकार बिष्णु आभूषणले आचार्यको शोककाव्य ‘हजुरबा’ लोकार्पण गरेका हुन् । विभिन्न पत्रपत्रिकामा लेख रचना प्रकाशन गर्दै आएका आचार्यले साँस्कृतिक पुजारी रहेका स्वर्गीय हजुरबाको सम्मान र स्मृतिमा शोककाव्य तयार पारेका हुन् । लोकार्पण गरिएको पुस्तकमाथि शिक्षक काजीप्रसाद खतिवडाले टिप्पणी गरेका थिए ।

    बुवा अबिनारायण आचार्य र आमा कुमारी आचार्यको सन्तान रहेका प्रकाश सुनौलो बिहानी साहित्यीक पत्रिकाका सम्पादक र पुष्पसमय साहितयीक पत्रिकाका प्रधान सम्पादकको जिम्मेवारीमा पनि छन् ।

    ‘हजुरबा’ लोकार्पण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, साहित्यकार टंक भट्टराई, प्रेस स्वतन्त्रता सेनानी पत्रकार कृष्ण आचार्य, बुद्धिजिवी देबीप्रसाद रिजाल, शिक्षक काजीप्रसाद खतिवडा, श्रष्ठा, साहित्यनुरागी लगायतको उपस्थिति रहेको थियो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology