• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

ऐसेलुखर्क गाउँपालिकाको सबै माविमा ई-लाइब्रेरी, झुम्मिए विधार्थी

ऐसेलुखर्क गाउँपालिकाको सबै माविमा ई-लाइब्रेरी, झुम्मिए विधार्थी


समायोजन खबर
  • बिहिबार, फाल्गुन २७ २०७७

  • त्रिभुवन मावि ऐसेलुखर्कमा ई–लाईब्रेरीमा अध्ययन गर्दै विधार्थीहरु । तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ, खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कमा रहेको त्रिभुवन माध्यमिक विद्धालय कक्षा ९ मा अध्ययनरत छात्रा महिमा सैंजुलाई आजकल कक्षागत पुस्तक पढ्दा अफ्ठयारो महशुष हुन्छ । तर, ई–लाइब्रेरीमा आएर पढ्दा चाँहि धेरै सजिलो लाग्छ । कक्षा ९ मा अध्ययनरत छात्र नविन श्रेष्ठलाई किताब हेरेर पढ्दा झन्झट हुने कुरा ई–लाइब्रेरीमा गएर पढ्दै, सुन्दै, हेर्दै अभ्यास गर्दा दिमागमा छिटो पसेको अनुभव छ । हिजोआज कक्षागत शिक्षक नहुंदा खाली वस्नुपर्ने समयमा उनले ई–लाइब्रेरी गएर अध्ययन गर्न थालेका छन् ।

    महिमा र नविनजस्तै विद्धालयमा अध्ययनरत छात्राछात्रले कक्षागत शिक्षक नहुंदा खाली बस्नुपर्ने समय ई–लाइब्रेरीमा गएर पढ्दै, सुन्दै, हेर्दै अभ्यास गरेर शिक्षण सिकाई गर्छन् । शैक्षिक सुधार गर्ने लक्ष्यले ऐसेलुखर्क गाउँपालिकाले पालिकाभित्रका आठवटा सामुदायिक माविहरुमा ई–लाईब्रेरी जडान गरिसकेपछि विधार्थीहरुमा आएको परिवर्तन हो यो ।

    यस्तै, कक्षा १० मा अध्ययनरत छात्रा स्मारिका राजभण्डारीलाई अहिलेको समयमा प्रविधिमैत्री ढंगबाट शिक्षा लिन पाउँदा आफू भाग्यमानी भएको बुझाई छ । विद्धालयमा ई–लाईब्रेरी जडान भएदेखी विधार्थीहरुलाई धेरै फाइदा भएको कक्षा १० मा अध्ययनरत अर्की छात्रा सुजाता गिरिले बताईन् । कुनै पनि विषयको वारेमा नबुझेको कुरा ई–लाइब्रेरीमा आएर आफैले खोजेर पढ्न सक्छौ । नजानेका कुराहरुको भिडियो, तस्विर हेरेर धेरै कुरा थाहा पाइन्छ । गिरीले भन्नुभयो, “कथा कविता हेर्न सुन्न मन लागेको छ भने सर्च गरेर हेर्न सक्छौ, शिक्षक नहुंदाको खाली समय पनि यही आएर सदुपयोग गर्छौ ।”सरल र सहज तरिकाले चलाउन सकिने ई–लाइब्रेरीमा कक्षा १ देखी कक्षा १० सम्मको पाठ्यक्रम, विद्धालयका शिक्षक, विधार्थीहरुको रुचि र तह अनुसारका सन्दर्भ सामग्री, राष्ट्रिय पाठ्यक्रममा आधारित विषयगत सामग्रीहरु सहित सात हजार ५६५ वटा पुस्तक संग्रह, दुई हजार ८१९ वटा अडियो संग्रह, एक हजार ५११ वटा भिडियो संग्रह र चार हजार ८७ वटा लेख संग्रह समेत समावेश गरिएको छ । गाउँपालिकाले अफलाइन सर्भर जडान गरेर विद्धालयमा सञ्चालन गरिदिइएको ई–लाईब्रेरीहरुमा पढ्दै, सुन्दै, हेर्दै अभ्यास गर्न पाएपछि विधार्थीहरु झुम्मिएर अध्ययन गर्ने गरेको पाईन्छ ।

    गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा पाँच लाख बिस हजार वजेट विनियोजन गरी साझा शिक्षा ई–पाटीद्धारा निर्मित शिक्षाकेन्द्रित ई–लाइब्रेरी (डिजिटल पुस्तकालय) गाउँपालिकाभित्र रहेका आठ वटा सामुदायिक माविहरुमा जडान गर्ने लक्ष्य अनुसार त्रिभुवन मावि ऐसेलुखर्क, माक्पा मावि माक्पा, सिम्ले मावि जलेश्वरी, शिशु मावि महेश्वरी, कालिका मावि बाकाचोल, शान्तोदाय मावि ज्यामिरे, कालिका वालविकास मावि राखाबाङदेल, जालपा मावि बादेल बाकाचोलमा ई–लाइब्रेरी जडानको काम सकिएको गाउँपालिकाका शिक्षा शाखा संयोजक विनेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    पुरानो शैलीको लाईब्रेरी सञ्चालनमा जनशक्ति पनि आवश्यक पर्ने तर, अहिलेको ई–लाइब्रेरीभित्र धेरै पुस्तकहरु रहने भएकाले विधार्थी र अन्यले आफूलाई रुचि भएको कुरा सजिलै खोजेर पढ्न सक्ने भएकाले गाउँपालिकाको आठ वटै माविमा प्रविधिमा आधारित ई–लाइब्रेरी जडान गरिएकोे गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताउनुभयो । शिक्षक नहुंदा पनि यो लाइब्रेरी खोल्दा विधार्थीहरु झुम्म भएर अध्ययन गर्न सक्छन् । यस्तो किसिमको लाइब्रेरी व्यवस्थापन गरियो भने शैक्षिक क्षेत्रमा सुधार हुन्छ भन्ने महशुष गरेर लाइब्रेरी जडान गरी सञ्चालनमा ल्याइएको अध्यक्ष निरौलाको भनाई छ ।कालिका मावि बाकाचोलमा ई–लाईब्रेरी अवलोकन गर्दै शिक्षक लगायत । तस्विर चिसाङ शेर्पा

    जिल्लाको दुई नगरपालिका आठ गाउँपालिकामध्ये प्रविधिमा आधारित ई–लाइब्रेरी सञ्चलान गर्ने यो गाउँपालिका पहिलो गाउँपालिका हो । ई–लाइब्रेरी ईन्टरनेटको सुविधा भएको स्थानमा ईन्टरनेटको माध्यमबाट र ईन्टरनेट नभएको स्थानमा ई–पुस्तकालयको अफलाइन सर्भर जडान गरी ईन्टरनेट विना पनि सञ्चालन गर्न सकिन्छ । कम्प्युटर, ल्यापटपमा सञ्चालन भइरहेको ई–लाइब्रेरी मोवाइलमा पनि सञ्चालन गर्न सकिने गाउँपालिकाका आईटी अफिसर सिजन राईले बताउनुभयो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology