समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्धालयहरुमा दिवा खाजा कार्यक्रम सुरु गरेको छ । विधार्थीहरुलाई नियमित विद्धालयमा उपस्थित गराउनका लागि दिवा खाजा कार्यक्रम सुरुवात गरेको हो ।
बुधबार नेर्पामा रहेको कालिका माध्यमिक विद्धालयबाट दिवा खाजा कार्यक्रमको सुरुवात गरिएको नगरपालिकाले जनाएको छ । नगरप्रमुख दिपनारायण रिजाल, उपप्रमुख विणादेवी राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईले विधार्थीका अभिभावकलाई दिवा खाजा वापतको रकम प्रदान गरेर कार्यक्रमको सुरुवात गर्नुभएको हो ।
संघीय सरकारको सशर्त वजेट अन्तर्गत सुरु भएको कार्यक्रमले वालविकासदेखी कक्षा ५ सम्मका विधार्थीलाई दिवा खाजा वापत दैनिक १५ रुपैयाँ प्रदान गर्ने नगरपालिकाका शिक्षा शाखा संयोजक तीर्थ विकले बताए । वालविकासदेखी कक्षा ५ सम्मका विधार्थी विद्धालयमा आएर हाजिर भएपछि मात्रै दिवा खाजा वापतको रकम दिईनेछ ।
दिवा खाजा नभएकै कारण विधार्थीले विद्धालय छोड्ने गरेकाले विधार्थीलाई नियमित विद्धालयमा उपस्थित गराउन, विद्धालय छोड्ने दर घटाउन, निरक्षर दर घटाउन संघीय सरकारले दिवा खाजा कार्यक्रम अघि सारेपछि नगरपालिकाले पनि सो कार्यक्रम लागू गरेको शिक्षा शाखा संयोजक विकले बताए ।
दिवा खाजा वापतको रकमले गाउँघरमा पाईने अर्गानिक खानेकुरा मात्रै विधार्थीलाई खाजाको रुपमा अभिभावकले पठाउनुपर्नेछ । विधार्थीहरुको विद्धालयमा दैनिक उपस्थिती होस, सामुदायिक विद्धालय जानका लागि प्रोत्साहित हुन् र कोही पनि वालवालिका विद्धालय जानबाट नछुटोस भनेर दिवा खाजा कार्यक्रमको सुरुवात गरिएको नगरप्रमुख रिजालले बताए ।
५ हजार ४७८ जना विधार्थीलाई नगरको टिफिन क्यारी
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरभित्रका सामुदायिक विद्धालयका ५ हजार ४७८ जना विधार्थीलाई निःशुल्क टिफिन क्यारी वितरण गर्ने भएको छ । संघीय सरकारले दिवा खाजा कार्यक्रमलाई पैसा दिए पनि दिवा खाजा वोक्नका लागि टिफिन क्यारी नहुंदा समस्या हुने भन्दै नगरपालिकाले आफ्नो बजेटबाट टिफिन क्यारी खरीद गरी वितरण गरेको हो ।
बुधबार कालिका मावि नेर्पाबाट नगरपालिकाले टिफिन क्यारी वितरण सुरु गरेको छ । सो माविका विधार्थीहरुलाई नगरप्रमुख रिजाल, उपप्रमुख राई, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राई लगायतले टिफिन क्यारी वितरण गरेका थिए । टिफिन क्यारी दिवा खाजाको सुविधा पाउने विधार्थीहरुलाई वितरण गरिनेछ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology