• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

किशोरीलाई विद्धालयमै स्यानिटरी प्याड, भन्छिन् अब नियमित विद्धालय आउछौ

किशोरीलाई विद्धालयमै स्यानिटरी प्याड, भन्छिन् अब नियमित विद्धालय आउछौ


समायोजन खबर
  • बुधबार, फाल्गुन २६ २०७७

  • छात्राहरुलाई स्यानिटरी प्याड वितरण गर्दै नगरप्रमुख दिपनारायण रिजाल र उपप्रमुख विणादेवी राई । तस्विर चिसाङ शेर्पा

    समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालिका माध्यमिक विद्धालयमा कक्षा ९ मा अध्ययनरत छात्रा प्रविना वास्तोलाले विद्धालयमै स्यानिटरी प्याड पाउँदा खुशी भईन् । किन कि अब स्यानिटरी प्याड अभावमा उनले विद्धालय छोड्नुपर्ने र नआउनुपर्ने समस्या सधैको लागि हट्यो ।

    यस्तै, नेर्पाकै जनता आधारभूत विद्धालयमा कक्षा ८ मा अध्ययनरत अर्की छात्रा लक्ष्मी अधिकारीले अब नियमित विद्धालय आउने प्रण गरेकी छन् । यसअघि उनी पनि महिनावरी हुने समयमा विद्धालय नआउने र विद्धालय आउँदा महिनावरी भएमा विच बाटोबाट अथवा कक्षा छोडेर घर जाने गरेकी थिईन् ।

    यो समस्या लक्ष्मी र प्रविना दुई जनाको मात्रै हैन । किशोरीहरुको साझा समस्या हो । यसै कारण किशोरीहरु ३/४ दिनसम्म विद्धालय नआउने, आए पनि कक्षाकोठामा पछाडी वस्ने, लजाउने, अन्ततः कक्षा नै छोडेर घर जाने भईरहेको थियो । आफ्ना मातहतका सामुदायिक विद्धालयको यो समस्यालाई अब भने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सधैको लागि अन्त्य गरिदिने भएको छ ।

    महिनावरी भएको पिरियडमा किशोरीहरु नियमित विद्धालय गएर निर्धक्क पढ्न सकून्, महिनावरी हुंदा विद्धालयमै सजिलै स्यानिटरी प्याड प्राप्त गर्न सकून्, विद्धालय अवधिभरी किशोरीहरुले प्याड किन्न नपरोस भन्ने लक्ष्यले सामुदायिक विद्धालयहरुमा स्यानिटरी प्याड वितरण कार्यक्रम सुरुवात गरिएको नगरपालिकाले जनाएको छ । प्याड वितरणसँगै नगरपालिकाले प्रत्येक विद्धालयमा एकजना महिला शिक्षिकालाई फोकल पर्सन राखेर महिनावरी शिक्षा दिने व्यवस्था पनि मिलाएको छ ।

    २१ वटा मावि र १४ वटा आधारभूत विद्धालयका शिक्षिकालाई स्यानिटरी प्याड भण्डारण, डिस्पोज लगायतका अभिमुखीकरण तालिम दिएर प्रत्येक विद्धालयमा फोकल पर्सन राखिएको छ । उनै फोकल पर्सनले किशोरीहरुलाई आवश्यकता परेको खण्डमा निःशुल्क स्यानिटरी प्याड वितरण गर्ने नगरपालिकाका शिक्षा शाखा संयोजक तीर्थ विकले बताए । विद्धालयमा छात्राको संख्या अनुसार प्याड वितरण गरिनेछ ।

    नगरपालिकाको सामुदायिक विद्धालयमा अध्ययनरत कक्षा ८ देखी १० कक्षासम्म ३ हजार ३१० जना छात्रालाई स्यानिटरी प्याड आवश्यक पर्ने नगरपालिकाको तथ्यांक छ । बुधबार कालिका मावि नेर्पाबाट सुरु भएको प्याड वितरण कार्यक्रम २१ वटा मावि र १४ वटा आधारभूत विद्धालयमा वितरण हुनेछ । कालिका माविका छात्राहरुलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, उपप्रमुख विणादवी राईले स्यानिटरी प्याड वितरण गरेका छन् ।

    प्याड वितरणको मुख्य उद्देश्य नै छात्राहरु नियमित विद्धालय आएर पढ्न सकोस भन्ने रहेको नगरपालिकाकी उपप्रमुख राईले बताईन् । यस कार्यक्रमले शिक्षा क्षेत्रमा ठूलो सहयोग पुगेको उनको बुझाई छ । नगरको सशर्त २९ लाख वजेटमध्येमा पहिलो चरणमा १६ लाखको प्याड खरीद गरिएको र बाँकी वजेटको पनि प्याड खरीद गरिने नगरप्रमुख रिजालले बताए ।

    महिनावरी भएको समयमा स्यानिटरी प्याड अभावका कारण विशेषगरी छात्राहरु विद्धालय जान अफ्ठ्यारो मान्ने, असजिलो हुने समस्याको अन्त्य गर्दै नियमित विद्धालय जान र असहजता नहोस भन्ने लक्ष्यले प्याड वितरण कार्यक्रम ल्याइएको नगरप्रमुख रिजालको भनाई छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology