• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आजबाट ६५ वर्षमाथिकालाई कोरोना खोप

आजबाट ६५ वर्षमाथिकालाई कोरोना खोप


समायोजन खबर
  • आइतबार, फाल्गुन २३ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, खोटाङम आजवाट ६५ वर्षमाथिकालाई कोरोना विरुद्धको खोप दिइदैछ । पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मी, ६५ वर्षमाथिका व्यक्ती र दीर्घ रोग भएका गरी १० हजार ११४ जनालाई खोप दिईनेछ ।

    दोश्रो प्राथमिकतामा परेकामध्ये पहिलो चरणमा आजबाट फागुन २९ गतेसम्ममा ऐसेलुखर्क गाउँपालिका, केपिलासगढी गाउँपालिका, रावाबेसी गाउँपालिका, साकेला गाउँपालिका, दिप्रङ चुइचुम्मा गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकाका लक्षित समुहलाई खोप दिईने स्वास्थ्य कार्यालयका प्रमुख पुन्यप्रसाद सिग्देलले बताए ।

    कोभिशिल्ड खोपका लागि हरेक स्वास्थ्य संस्थामा तीन÷तीन दिन शिबिर सञ्चालन गरिनेछ । दोश्रो चरणमा २ चैतदेखि ८ चैतसम्ममा बराहपोखरी गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र खोटेहाङ गाउँपालिकाका लक्षित समुहलाई खोप दिने तयारी गरिएको छ ।

    दोश्रो प्राथमिकतामा परेका करिब ५० हजारलाई खोप दिने तयारी भइरहेको भए पनि खोपको अभावमा पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मी, ६५ वर्षमाथिका व्यक्ती र दीर्घ रोग भएका व्यक्तीलाई मात्र प्राथमिकतामा राखेर खोप दिने तयारी गरिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख सिग्देलले बताए ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology