• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दाहाल प्रतिष्ठानको भवन शिलान्यास

दाहाल प्रतिष्ठानको भवन शिलान्यास


समायोजन खबर
  • शनिबार, फाल्गुन २२ २०७७

  • भवनको शिलान्यास गर्दै दाहाल प्रतिष्ठान केन्द्रीय समितिका सह–अध्यक्ष दुर्गा प्रसाद दाहाल लगायत ।

    समायोजन खबर खोटाङ, खोटाङमा दाहाल प्रतिष्ठान शाखा समितिको भवन शिलान्यास गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा गैरीगाउँमा शनिबार भवन शिलान्यास गरिएको हो ।

    स्थानीय रामबहादुर खत्रीले निःशुल्क उपलब्ध गराएको ६ आना जग्गामा दाहाल प्रतिष्ठान केन्द्रीय समितिका सह–अध्यक्ष दुर्गा प्रसाद दाहालले भवन शिलान्यास गरेका हुन् ।

    एक करोड लगानीमा निर्माण हुने भवन तीन तलाको हुनेछ । भवनमा सभाहल, पदाधिकारी कक्षहरु र अतिथि गृह हुनेछ । भवन निर्माणका लागि नगरपालिकाबाट नक्सा समेत पास भइसकेको छ ।

    प्रतिष्ठानका लागि निकट भविष्यमा चार आना जग्गा पनि निःशुल्क प्राप्त हुने संकेत देखिएको दाहाल प्रतिष्ठान शाखा समिति खोटाङका अध्यक्ष मिन कुमार दाहालले बताए ।

    प्रतिष्ठानको शाखा अध्यक्षमा मिन कुमार दाहाल
    दाहाल प्रतिष्ठान शाखा समितिको अध्यक्षमा पुनः मिन कुमार दाहाल दोहोरिएका छन् । शनिबार जिल्ला समन्वय समितिको पूरानो हलमा भएको दाहाल प्रतिष्ठान शाखा समितिको तेश्रो जिल्ला अधिबेशनले दाहाललाई दोहोराएको हो ।

    दाहालको अध्यक्षतामा २३ सदस्यीय समिति निर्माण भएको छ । समितिको उपाध्यक्षमा भोला दाहाल, सचिवमा लिला बहादुर दाहाल, सह–सचिवमा राजेन्द्र दाहाल र कोषाध्यक्षमा मित्र बहादुर दाहाल छन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology