• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

किसानलाई उन्नत जातको मकैको बीउ

किसानलाई उन्नत जातको मकैको बीउ


समायोजन खबर
  • शनिबार, फाल्गुन २२ २०७७

  • समायोजन खबर खोटाङ, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका किसानलाई मकैको बीउ वितरण सुरु गरिएको छ । मकै छर्ने सिजन सुरु हुन लाग्दा बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्र काठ्माण्डौंबाट प्राप्त अनुदानबाट किसानलाई उन्नत जातको बीउ बितरण सुरु गरिएको हो ।

    गाउँपालिकाका ७ वडाका किसानलाई मनोकामना–३ र रामपुर कम्पोजिट जातको ४ हजार ३०० केजी मकैको बिउ वितरण गर्ने तयारी गरिएको कृषि शाखा संयोजक सरगम बुढाथोकीले बताईन् । बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्र र किसानको ५० प्रतिशत लागत सहभागीतामा मकैको बिउ बितरण सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

    किसानलाई मकैको बिउ वितरणका लागि बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्रले ५ लाख ६८ हजार अनुदान उपलव्ध गराएको थियो । वडा–वडाबाट तथ्यांक संकलन गरेर किसानको मागको आधारमा उन्नत मकैको बिउ वितरण सुरु गरिएको कृषि शाखा संयोजक बुढाथोकीले बताईन् । किसानलाई ३ सय केजी हाइब्रिड बीउ भने वितरण गरिसकिएको गाउँपालिकाले जनाएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology