समायोजन खबर खोटाङ, नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्ने प्रतिस्पर्धामा नरहेको प्रस्ट पार्नुभएको छ ।
विपी स्मृति सामुदायिक अस्पतालको १३औँ वार्षिक साधारणसभाको उहाँ आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “प्रमुख प्रतिपक्ष दल बलियो प्रतिपक्ष भएकाले स्वाभाविकरुपमा प्रधानमन्त्री हुने सम्भावना हुन्छ । सरकारको नेतृत्व गर्न हतार छैन । कोसिस पनि छैन ।”
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले अहिले सरकारको नेतृत्व गर्नेभन्दा पनि वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र कांग्रेसको मुद्दा हो, त्यसलाई बचाउनु कांग्रेसकै भूमिका बढी हुन्छ, त्यसैले पनि वर्तमान राजनीतिक गतिरोध अन्त्यमा लाग्नुपर्छ कांग्रेस ।”
महामन्त्री डा शशाङ्क कोइरालाले तोकिएकै समयमा कांग्रेस महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले शहरभन्दा पनि ग्रामीण क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्न अस्पताललाई आग्रह गर्नुभयो ।
कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले कांग्रेस कति लोकतान्त्रिक छ भन्ने कुरा कांग्रेसले नै मूल्याङ्कन र समीक्षा गर्नुपर्छ भन्नुभयो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology