• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

च्यास्मिटारका महिलाले भने, अब खोसेलाबाट आर्जन गर्छौ

च्यास्मिटारका महिलाले भने, अब खोसेलाबाट आर्जन गर्छौ


समायोजन खबर
  • बिहिबार, फाल्गुन २० २०७७

  • समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका महिलाहरु मकैको खोसेलाबाट विभिन्न सामग्री बनाउन गर्न सक्ने भएका छन् । नगरपालिकाले गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मकैको खोसेलाको विभिन्न सामग्री निर्माण गर्ने एक महिने सीप विकास तालिम दिएपछि खोसेलाबाट विभिन्न सामग्री बनाउन सक्ने भएका हुन् ।

    मकैको खोसेलाको विभिन्न सामग्रीको निर्माण गर्ने सीप विकास तालिम पाएपछि पिरा, डोरम्याट, टि म्याट, झोला, चप्पल, फुलदानी, गमला, टोपी, डाइनिङ म्याट र चकटी बनाउन सक्ने भएको हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख बिमला राईले जानकारी दिनुभयो ।
    महिलाहरुले तालिम अवधिमा निर्माण गरेको मकैको खोसेलाबाट बनेका १२ हजार ६३० रुपैयाँ बराबरको सामग्रीहरु महिला उद्यमी महासंघ केन्द्रीय अध्यक्ष देविका बुढाथोकीले खरीद गरिदिनु भएको छ । अबका दिनमा महिलाहरुले निर्माण गरेको मकैको खोसेलाका सामग्रीहरु विक्रीका लागि वजारीकरणको जिम्मा पनि महिला उद्यमी महासंघ केन्द्रीय अध्यक्ष बुढाथोकीले लिनुभएको उपप्रमुख राईले जानकारी दिनुभयो ।

    महिलाहरुले बनाएको सामग्रीको मूल्य पनि निर्धारण गरिएको छ । उनीहरुले मकैको खोसेलाबाट बनाएको सामग्रीहरु चिनसम्म निर्यात हुने वातावरण बनेको छ । एक महिने सीप विकास तालिमको समापनमा वोल्दै सहभागी महिलाहरुले अब मकैको खोसेलाबाट आर्जन गर्ने बताएका छन् । ३० जना महिलाहरुले तालिममा भाग लिएका थिए ।केही समयपछि धितुङमा पनि मकैको खोसेलाको विभिन्न सामग्री निर्माण गर्ने तालिमको आयोजना गरिने नगरपालिकाले जनाएको छ । माग र इच्छा अनुसार अन्य ठाउँमा पनि तालिम गराउने नगरको लक्ष्य छ ।

    गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रमका लागि नगरपालिकाले ४२ लाख ६० हजार वजेट विनियोजन गरेको छ । सो वजेटबाट विभिन्न महिला उद्यमी तालिम, कोसेली घर निर्माण लगायतका महिलामैत्री कार्यक्रमहरु गरिनेछ । तालिमको समापनमा बोल्दै नगरप्रमुख इवन राईले यस तालिमले महिलाहरुलाई आत्मनिर्भर बन्न ठूलो सहयोग गरेको बताउनुभयो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology