समायोजन खबर खोटाङ, खोटाङको साकेला गाउँपालिकाले भुक्तानी शिविर राखेर वडा स्तरबाट सामाजिक सुरक्षा भत्ता भुक्तानी दिने भएको छ । सामाजिक सुरक्षा भत्ता अनियमित्ता रोक्न बैकिङ प्रणाली अपनाएको गाउँपालिकाले लाभग्राहीको सुविधाका लागि वडाबाट सामाजिक सुरक्षा भत्ता भुक्तानी दिने भएको हो ।
सामाजिक सुरक्षा भत्ता अनियमित्ता रोक्नलाई बैकिङ प्रणाली अपनाउँदा लाभग्राहीलाई भुक्तानी लिन बैंकसम्म आउन समय लाग्ने हुनाले वडामा भुक्तानी शिविर राखेर सवै किसिमका सामाजिक सुरक्षा भत्ता वडा स्तरबाट भुक्तानी दिइने व्यवस्था मिलाईएको साकेला गाउँपालिकाका अध्यक्ष अर्जुनकुमार खड्का झङ्कारले जानकारी दिनुभयो ।
जसका लागि बिहीबार गाउँपालिकामा गाउँपालिका अध्यक्ष खड्का, नेपाल एसबिआई बैंक प्रदेश नं. १ का प्रमुख मनिस श्रेष्ठ र नेपाल एसबिआई बैंक साकेला शाखा प्रमुख अशिम लिम्बुबिच सहमति भएको छ । बैकिङ प्रणालीबाट भुक्तानी दिन यसअघि नेपाल एसबिआई बैंकसँग सम्झौता गर्दा ‘भुक्तानीलाई व्यवस्थित गर्नका लागि बैंक र गाउँपालिकाविचमा आवश्यक समन्वय गरी व्यवस्थित बनाउने’ भन्ने सम्झौता अनुसार थप सहमति भएको हो । गाउँपालिका अध्यक्ष खड्काले भने, “त्यसो हुंदा अब प्रत्येक वडामा सुरक्षासहित बैंकका कर्मचारी, गाउँपालिकाका कर्मचारी पुगेर लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता भुक्तानी दिनेछन् ।”
गाउँपालिकाको पाँच वडा मध्येमा बाँझेच्यानडाँडामा दुई स्थानमा भुक्तानी शिविर सचालन गरिने र अन्य वडा कार्यालयमा एक स्थानमा भुक्तानी शिविर सञ्चालन गरेर यहि दोश्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता भुक्तानी दिइनेछ । यस गाउँपालिकामा १ हजार ५८० लाभग्राही छन् । यसरी बैंकिङ प्रणालीको पनि वडा स्तरबाट सामाजिक सुरक्षा भत्ता भुक्तानी दिंदा वास्तविक लाभग्राही पहिचान हुने जनाइएको छ ।
जिल्लाको दुई नगरपालिका, आठ गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बैकिङ प्रणालीमाफर्त दिने तयारी गर्दा यस गाउँपालिकाले भने पहिलो पटक वडा स्तरमै पुगेर बैकिङ प्रणाली माफर्त सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था मिलाएको हो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology