• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मझुवागढी रणजितमान राई अन्तर वडा स्तरीय फुटबलको उपाधि दुर्छिमलाई

मझुवागढी रणजितमान राई अन्तर वडा स्तरीय फुटबलको उपाधि दुर्छिमलाई


समायोजन खबर
  • सोमबार, फाल्गुन १७ २०७७

  • अन्तर वडा स्तरीय फुटबल प्रतियोगीताको उपाधि उचाल्दै दुर्छिमका खेलाडी ।

    समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको छिवामा आयोजना गरिएको सर्वाधिक राशीको फुटबल प्रतियोगीताको प्रथम उपाधि हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमले उचालेको छ ।

    शनिबार मझुवागढी रञ्जितमान राई खेलमैदानमा भएको फाईनल खेलमा प्रतिष्पर्धी टिम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडा ‘डिस्क्वालीफाइड’ भएपछि उपाधि दुर्छिमको हातमा पुगेको हो ।

    निर्धारित समय गोलरहित सकिएपछि पेनाल्टी सुटआउटको चरणमा रेफ्रीमाथि हातपात भएपछि आयोजकले दोर्पाचिउरीडाँडालाई ‘डिस्क्वालीफाइड’ घोषणा गर्दै दुर्छिमलाई विजेता घोषणा गरेको हो । रेफ्रीमाथि हातपात भएपछि आयोजक, जिल्ला फुटबल संघ, म्याच कमिसनर र निर्णायकको बैठकले दोर्पाचिउरीडाँडालाई ‘डिस्क्वालीफाइड’ घोषणा गरेको वडाध्यक्ष निर्मल राईले बताए ।

    एल्लो कार्ड पाइसकेका दोर्पाचिउरीडाँडाका एक खेलाडीले खेलको अन्तिम समयमा दुर्छिमका खेलाडीलाई हात हालेपछि रेफ्रीले रेडकार्ड दिन लाग्दा तिनै खेलाडीले रेफ्रीमाथि हात हालेपछि मैदानमा तनावको स्थिति सिर्जना भएको थियो । त्यसपछिको बाँकी समयमा पनि दुबै पक्षले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । तर पेनाल्टी सुटआउटको तयारीकाक्रममा दोर्पाचिउरीडाँडाका जोशीचन्द्र राईले रेफ्रीमाथि हात हालेपछि खेल अघि बढ्न नसकेको प्रतियोगीताका आयोजक नमुना स्पोर्टस क्लब लफ्याङका अध्यक्ष काजीमान राईले बताए ।

    ‘जित्नलाई हैन सिक्नलाई खेलकुद’ भन्ने नारा सहित आयोजना गरिएको प्रतियोगीतामा विजेता घोषित दुर्छिमले नगद १ लाख ५५ हजार हात पारेको छ । ‘डिस्क्वालीफाइड’ भएका कारण दोर्पाचिउरीडाँडाका खेलाडी भने पुरस्कार विहिन बाहिरिएको छ । सेमीफाइनलिष्ट बनेको खोटेहाङ गाउँपालिका–७ खोटाङबजार र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलले ३१/३१ हजार नगद पुरस्कार पाएका छन् । विजेतालाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, क्याप्टेन जगतराम राई लगायतले पुरस्कार प्रदान गरेका थिए ।

    यस्तै, प्रतियोगीताका उत्कृष्ट खेलाडीलाई ५ हजार ५ सय, उत्कृष्ट गोल रक्षक, डिफेन्डर, मिड–फिल्डर, प्रशिक्षक र अनुशासित टिमलाई नगद ५/५ हजार पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । वडा कार्यालय र स्थानीय नमुना स्पोर्टस क्लवले शुभेच्छुक तथा दाताबाट चन्दा उठाएरै सर्वाधिक राशीको फुटबल प्रतियोगीता आयोजना गरेको हो । १० फागुनबाट सुरु भएको प्रतियोगितामा २१ टिमले सहभागिता जनाएको थियो ।

    वडा कार्यालयको पहलमा लफ्याङ छिवामाका स्थानीयले १८ रोपनीभन्दा बढि जग्गा निःशुल्क दिएपछि खेलमैदान निर्माण लगत्तै सर्वाधिक राशीको फुटबल प्रतियोगीता आयोजना गरिएको हो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology