• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कांग्रेस पदाधिकारी बैठक बस्दै, के होला निर्णय ?

कांग्रेस पदाधिकारी बैठक बस्दै, के होला निर्णय ?


समायोजन खबर
  • बिहिबार, फाल्गुन १३ २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । दिउँसो ३ बजेका लागि सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बैठक बोलाइएको उहाँको सचिवालयले जनाएको छ ।

    बैठकमा पछिल्लो राजनीतिक अवस्था र अब कसरी अघि बढ्ने भन्नेबारे छलफल हुनेछ । पार्टीका पूर्व पदाधिकारीसमेत सहभागी हुने बैठकमा प्रतिनिधिसभा पुनःस्थापनापछि कांग्रेसको अबको रणनीति, नेकपाको प्रचण्ड-नेपाल समूहको प्रस्तावलगायतबारे छलफल हुने कांग्रेसका नेताहरुले बताएका छन् ।

    नेकपाको प्रचण्ड(नेपाल समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले हिजो सभापति निवास बुढानीलकण्ठ पुगेर सत्ता साझेदारीको प्रस्ताव गरेका थिए ।

    त्यही प्रस्तावमाथि विशेष छलफल गर्न र नेपाली कांग्रेसको अबको भूमिकाबारे रणनीति बनाउने पदाधिकारी बैठक बस्न लागेको हो । प्रतिनिधिसभामा कांग्रेसका ६१ सांसद छन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology