• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सङ्क्रमणबाट निधन हुनेको तथ्याङ्क मिलान

सङ्क्रमणबाट निधन हुनेको तथ्याङ्क मिलान


समायोजन खबर
  • बुधबार, फाल्गुन १२ २०७७

  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतम ।

    समायोजन खबर खोटाङ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमणबाट निधन हुनेको सङ्ख्यामा मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को तथ्याङ्कसँग मिलान गरेको छ ।

    मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अहिले भएको निधनमा ६१८ जना थप गरिएको बताउनुभयो ।

    योसँगै अहिलेसम्म निधन भएकाको सङ्ख्या दुई हजार ६८४ जना पुगेका छन् । मङ्गलबार दुई हजार ६५ जना रहेका थिए । मन्त्रालयले निधन भएका सङ्क्रमितको तथ्याङ्क विश्लेषण गर्दा ६१८ जना थपिएका हुन् ।

    उहाँले मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को तथ्याङ्क विश्लेषण गर्दा ६१८ जना थपिएका जानकारी दिनुभयो । “सिसिएमसीले सङ्क्रमणबाट निधन भएका व्यक्तिको घरमा पुगेर पनि शव व्यवस्थापन गरेको थियो”, उहाँले भन्नुभयो, “सिसिएमसीले प्रस्तुत गरेको तथ्याङ्कमा निधन भएकाको सङ्ख्या बढेकाले सच्याइएको हो ।” सङ्क्रमणबाट निधन भएका सङ्ख्या मन्त्रालय र सिसिएमसीको फरक परेकाले समिति गठन गरिएको थियो ।

    सोही समितिले कोभिड–१९ बाट निधन भएका कुन हुने र कुन होइन भनेर अध्ययनका आधारमा निधन भएका नयाँ सङ्ख्याको निकालिएको हो ।

    उहाँले विश्लेषणका आधारमा भविष्यमा पनि निधन सङ्ख्या थपघट हुनसक्ने बताउनुभयो । नेपालमा अहिलेसम्म दुई लाख ७३ हजार ७६० जना सङ्क्रमित, दुई लाख ७० हजार १३९ जना निको भएर घर फर्किसकेका छन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology