• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हलेसीमा १० दिनमा ३ लाख ६७ हजार भेटी संकलन

हलेसीमा १० दिनमा ३ लाख ६७ हजार भेटी संकलन


समायोजन खबर
  • बुधबार, फाल्गुन १२ २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, खोटाङको हलेसी महादेव मन्दिरमा दश दिनमा तीन लाख ६७ हजार वढी भेटीघाटी संकलन भएको छ । हलेसी महादेव शिव पार्वती थान, दान पेटिका, बसाह गुफा, गणेश मन्दिरमा गरी तीन लाख ६७ हजार २३५ रुपैयाँ भेटीघाटी संकलन भएको हो ।

    २२ माघदेखी १ फागुनसम्म उक्त भेटीघाटी संकलन भएको हलेसी सूचना केन्द्र प्रमुख सयन्द्र राईले जानकारी दिए । राईका अनुसार शिव पार्वती थानमा दुई लाख ३९ हजार ५७५ रुपैयाँ, मन्दिरको प्राङगणमा रहेको दानपेटिकामा ४२ हजार ४६०, बसाह गुफाको दानपेटिकामा ४७ हजार ८ सय, गणेश मन्दिरमा २८ हजार २२० रुपैयाँ र भारतीय ढ्याके नेपाली साटेको ९ हजार १८० रुपैयाँ भेटीघाटी संकलन भएको छ ।

    अमेरिकन डलर १, भारतीय रुपैयाँ ९२० र ५.५ ग्राम चाँदि श्रद्धालु भक्तजनले चढाएका छन् । मुलुकमा संघीय संरचना लागू भएपछि स्थानीय सरकार कार्यन्वयन भएसँगै हलेसी तुवाचुङ नगरपालिकाले हलेसी सूचना केन्द्र स्थापना गरी कर्मचारी राखेर संकलन भएको भेटीघाटी समय–समयमा सार्वजनिक गर्दै आएको छ । भेटीघाटीमा दुरुपयोग हुन नदिन मन्दिर परिसरमा सीसी क्यामेरा राखिएको छ ।

    संकलन भएको भेटी गन्न सीसी क्यामेराको निगरानीमा सूचना केन्द्र, हलेसी विकास समिति, प्रहरी र मन्दिर व्यवस्थापन समितिका एक÷एक जना प्रतिनिधि राखिने गरेको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताए ।

    भेटी गनेर सकिएपछि तत्काल बैंकमा जम्मा गरिने र मन्दिर व्यवस्थापन लगायतमा काम गर्ने कर्मचारीहरुलाई बैकिङ प्रणालीबाट तलब दिने व्यवस्था मिलाईएको नगरप्रमुख राईको भनाई छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology