समायोजन खबर खोटाङ, खोटाङका नव–नायक रमेश बाँनियाले नयाँ चलचित्र साइन गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका रमेशले मंगलबार ‘कालिपुरुष’ नामक चलचित्रमा साइन गरेका हुन् ।
यो चलचित्रको कथा राम्रो छ । टिम पनि राम्रो छ । अनि चलचित्रमा साइन गरे रमेशले भने । उनले थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।
यस चलचित्रमा नायिका वर्षा सिवाकोटी छन् । राघव आचार्यको निर्देशनमा तयार हुन लागेको यो चलचित्रमा मानकृष्ण महर्जनको छायांकन रहनेछ । चलचित्रको अन्य टिम विस्तारै फाइनल गर्दै लैजाने निर्माणपक्षले बताएको छ ।
निर्देशक आचार्यले भारतमा रहेर केही वेव सिरिजमा काम गरेका थिए भने फिल्म मेकिङमा पनि व्यस्त थिए । सस्पेन्स थ्रिलर कथामा चलचित्र निर्माण हुन लागेको हो । इभाना इन्टरटेन्मेन्टको ब्यानरमा यो चलचित्र निर्माण हुन लागेको हो । चलचित्रको छायांकन फागुणको अन्तिम साताबाट सुरु हुनेछ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology