• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मझुवागढी रणजितमान राई अन्तर वडा स्तरीय फुटबल : आज तीन खेल

मझुवागढी रणजितमान राई अन्तर वडा स्तरीय फुटबल : आज तीन खेल


समायोजन खबर
  • मंगलबार, फाल्गुन ११ २०७७

  • समायोजन खबर खोटाङ, खोटाङको लफ्याङमा सोमबारबाट जारी मझुवागढी रणजितमान राई अन्तर वडा स्तरीय पुरुष प्रथम च्यालेञ्ज कप फुटवल प्रतियोगितामा आज तीन खेल हुदैछ ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ र नमुना स्पोर्टस क्लब लफ्याङको आयोजनामा लफ्याङ छिवामा निर्माणाधिन मझुवागढी रणजितमान राई खेलमैदानमा बिहान १० बजेबाट नुनथला–खाल्ले, सोल्मा–दोर्पा र दिक्तेल–बाम्राङविच प्रतिस्पर्धा हुनेछ ।

    खेल तालिका अनुसार आज नै बुईपा र मात्तिमको खेल भए पनि बुईपाले प्राविधिक कारण देखाउँदै प्रतियोगितामा भाग नलिने बताएको नमूना स्पोर्टस क्लब लफ्याङका अध्यक्ष काजिमान राईले जानकारी दिए । आयोजकले दैनिक चार खेल गराउने योजना बनाएको छ ।

    सोमबार भएको उद्घाटन खेलमा रतन्छाले नेर्पालाई एक गोल गर्दै विजयी सुरुवात गरेको छ । रतन्छाले पहिलो हाफमै एक गोल गर्दा नेर्पाले कुनै गोल गर्न सकेन । प्रतियोगिताको प्रदेशसभा सदस्य रामकुमार राई पासाङले उद्घाटन गरेका थिए ।

    १६ फागुनसम्म सञ्चालन हुने प्रतियोगितामा २१ टिमको सहभागिता छ । बाक्सिला, नेर्पा वि, दुर्छिम, खोटाङबजार, लफ्याङ, खार्मी, दोर्पा बुवालुङ, बाझेच्यानडाँडा, हौचुर, निर्मलीडाँडा र वाहुनीडाँडाले वाई पाएका छन् ।

    प्रतियोगितामा प्रथम टिमले १ लाख ५५ हजार, दोश्रो टिमले १ लाख १ हजार, सेमिफाइनलिस्ट दुई टिमले ३१/३१ हजार नगद पुरस्कार पाउनेछ । उत्कृष्ट गोल रक्षक, डिफेन्डर, मिड फिल्डर, प्रशिक्षक र अनुशासित टिमलाई नगद ५/५ हजार र उत्कृष्ट खेलाडीलाई ५ हजार ५ सय नगद पुरस्कार प्रदान गरिने लफ्याङका वडाध्यक्ष निर्मल राईले बताए ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology