समायोजन खबर खोटाङ, खोटाङमा ट्याक्टर दुर्घट्ना हुंदा एक जनाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल सोल्माको छाकालुङ्ग खोलामा को २ त ८५७९ नम्बरको ट्याक्टर दुर्घट्ना हुंदा खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीका अन्दाजी १९ वर्षीय सन्जिव खड्काको मृत्यु भएको हो ।
मंगलबार बिहान सोल्मातर्फबाट दिक्तेलतर्फ आउँदै गरेको ट्याक्टर अनियन्त्रित भई पल्टिदा खड्काको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव परिक्षणका लागि जिल्ला अस्पताल लगिएको छ ।
ट्याक्टरमा सवार अर्को एकजना घाईते भएका छन् । घाइतेलाई उपचारका लागि अस्पताल ल्याइएको छ । ट्याक्टरको चालक भने फरार रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक गोविन्द प्रसाद शाहले बताए । घट्नाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology