चिसाङ शेर्पा खोटाङ, उदयपुरको रौतामाई गाउँपालिकाले ९१ जनाको मोतिविन्दुको शल्यक्रिया गराई दिएका छन् । वर्षौ वर्षदेखी मोतिविन्दुको समस्या झेल्दै आएका गाउँपालिकाभरीका ४६ जना पुरुष र ४५ जना महिलाको निःशुल्क मोतिविन्दुको शल्यक्रिया गराई दिएका हुन् ।
रौतामाई गाउँपालिकाको आयोजना तथा नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौको प्राविधिक सहयोगमा २६ माघदेखी २९ माघसम्म श्री मावि सल्ले पोखरीमा शिविरको आयोजना गरी उहाँहरुको निःशुल्क शल्यक्रिया गरिएको रौतामाई गाउँपालिका अध्यक्ष गजेन्द्र बहादुर खड्काले जानकारी दिनुभयो ।
अध्यक्ष खड्काका अनुसार शिविरमा ६७८ जनाले सामान्य आँखा जाँच, ३४५ जनाले सामान्य स्वास्थ्य जाँच र १ जना अपांगले रातो कार्ड, ७ जना अपांगले निलो र २ जना अपांगले पहेलो कार्ड पाएका छन् ।
शिविर अवधिभरी गाउँपालिकाले विरामी, विरामीका कुरुवालाई खाना र वास निःशुल्क उपलब्ध गराएका थिए । यस्तै, एम्बुलेन्समाफर्त विरामीलाई घरबाट शिविरसम्म आउन जानलाई निःशुल्क सेवा दिएको थियो ।
यस्तै, शिविरबाट ३३५ जनाले पशुका लागि नाम्ले, जुका लगायतका औषधि लगेका छन् । ४५१ जना कृषकले विभिन्न प्रजातीका विउ विजन प्राप्त गरेका छन् । शिविरमा रौतामाई गाउँपालिकाका मात्रै नभएर छिमेकी जिल्ला तथा पालिकाका स्थानीयहरुले समेत सेवा लिएका थिए ।
आठ वडा रहेको गाउँपालिकाभित्र आँखाको रोगीहरु भए पनि ग्रामिण भेगमा बसोबास गर्नेहरुले समयमा उपचार गर्न पनि पाउदैनन् । अध्यक्ष खड्काले भन्नुभयो, ‘सोही कुरालाई मध्यनजर गरी निःशुल्क चारदिने शिविर आयोजना गरेका हौ, आफ्नै घरगाउँमा उपचार पाएपछि उहाँहरु खुशी हुनुहुन्छ ।’
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology