• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

फुटवल प्रतियोगिताको सबै पुरस्कारमा सहयोग जुट्यो

फुटवल प्रतियोगिताको सबै पुरस्कारमा सहयोग जुट्यो


समायोजन खबर
  • बिहिबार, माघ २९ २०७७

  • समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा सञ्चालन हुने मझुवागढी रणजितमान राई अन्तर वडा जिल्ला स्तरीय पुरुष फुटवल प्रतियोगिताको सम्पूर्ण पुरस्कारमा सहयोग जुटेको छ । आगामी फागुन १० गतेदेखी १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि पुरस्कारहरुमा सहयोग जुटेको हो ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ र नमुना स्पोर्टस क्लब लफ्याङको आयोजानमा मझुवागढी रणजितमान राई खेलमैदानमा हुने प्रतियोगिताका लागि दोश्रो पुरस्कार पूर्व ब्रिटिस आर्मी तेजबहादुर राईले सहयोग गरेसँगै सम्पूर्ण पुरस्कारहरुमा सहयोग जुटेको लफ्याङका वडाध्यक्ष निर्मल राईले जानकारी दिए । लफ्याङ घर भई हाल युकेमा बसोबास गर्दै आउनु भएका राईले प्रतियोगिताका लागि दोश्रो पुरस्कार(१ लाख १ हजार) सहयोग गर्ने आज घोषणा गर्नुभएको हो ।

    प्रतियोगिताका लागि प्रथम पुरस्कार ‐१ लाख ५५ हजार) लफ्याङ घर भइ काठमाण्डौ ताल्चीखेलमा वसोवास गर्दै आउनुभएका क्याप्टेन जगतराम राई र सेमिफाइनलिस्ट दुई टिमका लागि (३१/३१ हजार) लफ्याङ घर भई काठमाण्डौ वसोवास गर्दै आउनुभएका सामाजिक व्यक्तित्व तथा व्यवसायी मदन राई र लफ्याङ घर भई सिंगापुर प्रहरीमा कार्यरत सुखराज राईले सहयोग गर्ने यसअघि नै घोषणा गरिसकेका छन् ।

    यस्तै, प्रतियोगिताका लागि खेलप्रेमी, राजनीतिज्ञ, खेलाडी, समाजसेवी लगायतले सहयोग गरिरहेको वडाध्यक्ष राईले बताए । सबैभन्दा पहिला लफ्याङबाट क्याप्टेन भएको र आफ्नो जन्मभूमिलाई कहिल्यै बिर्सन नसकिने भएकाले खेलकुदको माध्यमबाट गाउँको मुहार फेरियोस भन्ने उद्देश्यले आफूले प्रतियोगिताको पहिलो पुरस्कार सहयोग गरेको क्याप्टेन जगतराम राईले बताए ।

    प्रतियोगितामा उत्कृष्ट गोल रक्षक, डिफेन्डर, मिड फिल्डर, प्रशिक्षक र अनुशासित टिमलाई नगद ५/५ हजार र उत्कृष्ट खेलाडीलाई ५ हजार ५ सय नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा एक टिममा ९ जना खेलाडी, ४ जना अतिरिक्त खेलाडी, १/१ जना प्रशिक्षक र व्यवस्थापक हुनुपर्ने नमुना स्पोर्टस क्लब लफ्याङका अध्यक्ष काजीमान राईले बताए ।

    राईका अनुसार प्रतियोगितामा ३ जना वाह्य खेलाडी सहभागि गराउन पाइनेछ । ५ फागुनसम्म टिम दर्ता गरिने र ६ फागुनमा खेल तालिका सार्वजनिक गरिनेछ । प्रतियोगिता उद्घाटनका दिन जिल्लामा क्रियाशिल एकजना पत्रकारलाई नगद ५ हजार ५५५ रुपैयाँको खेलकुद पत्रकारिता पुरस्कार पनि प्रदान गरिनेछ ।

    फुटवल प्रतियोगिताको उद्घाटनमा गायक राजेश पायल राई लगायतका कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

    यो पनि,फुटबल प्रतियोगिताको उद्घाटनमा राजेश पायल राई आउने

    यो पनि पढ्नुहोस,जिल्लाकै सर्वाधिक पुरस्कार राशी भएको फुटवल प्रतियोगिताको तयारी तीव्र

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology