समायोजन खबर खोटाङ, खोटाङमा जनता समाजवादी पार्टीले मसाल जुलुस निकालेको छ । ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले हुंदै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको र संवैधानिक निकायहरुमा बलमिच्याई गर्दै नियुक्ति गरेको भन्दै दिक्तेलबजारमा मसाल जुलुस निकालेको हो ।
बुधबार साँझ दिक्तेलबजारको रत्नपार्कबाट सुरु भएको मसाल जुलुस पूरानो बेसक्याम पुगेर कोणसभामा परिणत भएको जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य सुर्य राईले जानकारी दिए ।
जुलुसका क्रममा प्रधानमन्त्रीको चर्को आलोचना भएको थियो । कोणसभालाई जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. केके राईले सम्बोधन गरेका थिए ।
सरकारले गरेको असंवैधानिक कदमका विरुद्धमा जसपाले पटक–पटक विरोध गर्दै आएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology