• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कांग्रेसको आगामी महाधिबेशनमा सभापतिको उम्मेद्वारी दिने गुरुङको घोषणा

कांग्रेसको आगामी महाधिबेशनमा सभापतिको उम्मेद्वारी दिने गुरुङको घोषणा


समायोजन खबर
  • मंगलबार, माघ २७ २०७७

  • पत्रकार सम्मेलनमा आफ्नो विचार राख्दै कांग्रेसका केन्द्रीय सदस्य कल्याण कुमार गुरुङ ।

    समायोजन खबर खोटाङ, नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण कुमार गुरुङले कांग्रेसको आगामी महाधिबेशनमा पार्टीको केन्द्रीय सभापति पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । नेपाल प्रेस युनियन खोटाङले मंगलबार दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता गुरुङले यस्तो घोषणा गरेका हुन् ।

    कांग्रेसको १४ औं महाधिबेशन फागुनमा गर्नुपर्ने र कारणवस लम्बिएमा भदौमा अनिवार्य महाधिबेशन गर्नुपर्ने हुनाले उक्त महाधिबेशनमा केन्द्रीय सभापतिको लागि उम्मेद्वारी दिने घोषणा गर्दै जिल्ला दौडाहमा निस्किएको गुरुङले बताए । देशकै ठूलो पार्टी बनाउने लक्ष्यले आफूले सभापतिको उम्मेद्वारी दिने घोषणा गरेको नेता गुरुङको भनाई छ ।

    संसद विघटनको सवालमा भने प्रधानमन्त्री केपी शर्मा ओलीले हुंदै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको उनले बताए । त्यसको विरुद्धमा कांग्रेस कुनै पार्टीसँग तालमेल नगरी एक्लो आन्दोलनमा छ । कुनै पनि नेकपासँग मिलेर जादैन । नेता गुरुङले भने, ‘संसद पुर्नवहाली हुने स्थिती छैन, राष्ट्रपतिलाई पनि संसद पुर्नगठन गर्ने अधिकार छैन, निर्णय गर्ने अधिकार सर्वोच्च अदालतलाई छ ।’संसद विघटनको किनारा र चुनाव हुने नहुने भन्ने बारेमा कांग्रेस न्यायलयको फैसाला कुरेर बसेको नेता गुरुङले बताएका छन् । नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष उत्तम चौलागाँईको अध्यक्षता भएको पत्रकार सम्मेलनमा प्रमुख अतिथि गुरुङ, नेपाली कांग्रेस खोटाङका पूर्व पार्टी सभापति विष्णुकुमार राई, प्रतिनिधिसभा सदस्य हिरा गुरुङ, संविधानसभा सदस्य सरस्वती वजिमय, महासमिती सदस्य रवि प्रकास राई, जिल्ला सचिव ज्ञानेन्द्र जोशी, जिल्ला सदस्य सुमनवावु आचार्य, प्रकाश कुमार श्रेष्ठ लगायतको उपस्थिती थियो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology