• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जाडो मौसममा यौन चाहना

जाडो मौसममा यौन चाहना


समायोजन खबर
  • आइतबार, माघ २५ २०७७

  • समायोजन खबर खोटाङ, हरेक दम्पतिको बैवाहिक सम्वन्ध सफल बनाउन यौन जीवनको पनि ठुलो भूमिका रहेको हुन्छ । यसर्थ गर्मीमा त यौन क्रियाकलामका लागि वातावरणीय अवस्था प्रतिकुल नहोला तर जाडो मौसममा भने हरेक दम्पति यौन क्रियाकलापका लागि समस्या झेलिरहेका हुनु स्वाभाविक हो ।

    जाडो मौसममा अधिकांश दम्पति यौन चिकित्सकलाई यस्तै प्रकारमा प्रश्न सोध्ने गर्छन् । यौन जीवनलाई कसरी सुन्दर बनाउन सकिन्छ भन्ने धेरैको जिज्ञासा हुने गर्दछ ।  त्यसैगरी कसरी लामो समयसम्म यौन सम्पर्क कायम राख्न सकिन्छ ? जाडोमा यौन सम्पर्क लागि कसरी नियमित राख्ने ? आदि इत्यादी ।

    मौसम परिवर्तनसँगै मानिसको मानसिकता पनि बदलिन्छ । बैवाहिक जीवनमा पनि मौसमले बदलाब ल्याउने अध्ययनले देखाएका छन् । जाडो याममा मानिसको सेक्स चाहना गर्मीको भन्दा बढि रहने हुनाले रोमाञ्चक बनाउनु नव दम्पति लागि अझ आवश्यक नै हुन जान्छ ।  कतिलाई लाग्न सक्छ मदिरा सेवन गरेपछिको यौन क्रियाकलाप अझ रोमान्टिक हुनसक्छ । जाडोमा मदिरा सेवन गर्दा ज्यान तातिने र यौनसम्पर्कमा पनि मज्जा आउने मान्यता हुनसक्छ ।

    तर यो बानी छ भने तुरुन्त हटाउनोस् । बरु प्यार, यौनजनित वार्तालाभ गरेर इमोसनमा आउँदा प्यार पनि बढ्ने र मज्जा पनि हुने विश्वास गरिएको छ । कामक्रिडा गर्ने बेलामा आफ्नो अनि पार्टनरको कपडाको विषयमा ख्याल राख्नोस् । नांगै वा कम कपडा लगाएर सम्पर्क गर्दा नरमाइलो हुन सक्छ । यसर्थ यति बेला कोठाको तापक्रमलाई पनि मिलाएर राख्ने गर्नुपर्छ । यौनक्रियाकलापको दौरानमा चिसो कम हुँदै गयो भने कपडा खोल्न सक्नु हुन्छ ।

    जाडोमा हिटर बालेर हैन यौन साथीसँग यौन जन्य कुरा गर्नुस् वा हरेक उपाय र तौर तरिकाबाट पार्टनरलाई आनन्द दिनुहोस् । त्यसैगरी साँझ तातो पानीले नुहाउनाले पनि यौन इच्छामा बृद्धि हुने हुन्छ । जसले गर्दा तपाईँको थकान कम हुन जान्छ र सेक्सका लागि तयार हुन सक्नु हुनेछ भने यौन साथी सँगै नुहाउनाले दुबैमा यौन इच्छा बढेर जान्छ ।

    यौनमा बढी आनन्द लिन खानपिनलाई पनि ध्यान दिनु उत्तिकै आवश्यक हुन्छ । त्यसैगरी बेलुकीको खाना खाने बितिक्कै यौन सम्पर्क तिर हत्तारिनु हुँदैन । त्यसैगरी पार्टनरको इच्छा चाहनालाई ख्याल गरी गरिने सेक्स अझ रोमान्टिक हुन्छ । –विभिन्न पत्रपत्रिकाबाट

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology