• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

थप ११९ जनामा कोरोना,दुईको मृत्यु

थप ११९ जनामा कोरोना,दुईको मृत्यु


समायोजन खबर
  • आइतबार, माघ २५ २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, थप ११९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या दुई लाख ७१ हजार ९२५ पुगेको छ । थप दुई हजार २५१ जनाको पिसिआर परीक्षण गरिएको थियो । हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २० लाख ९३ हजार ४१७ जना पुगेको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ६८ हजार ७२ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर २६० सङ्क्रमित निको भएर घर फर्किएका छन् । योसँगै कोरोनाबाट मुक्त हुनेको सङ्ख्या दुई लाख ६८ हजार ७२ पुगेको छ ।

    हाल देशभर एक हजार ८१५ सक्रिय सङ्क्रमित रहेका छन् । हाल ९२ सङ्क्रमित क्वारेन्टिनमा छन् । यस्तै ५६ सङ्क्रमित आइसीयुमा तथा ११ सङ्क्रमित भेन्टिलेटरमा रहेका मन्त्रालयले जनाएको छ ।

    पछिल्लो समय थपिएका कोरोना सङ्क्रमितमा प्रदेश–२ को धनुषामा एक, बागमती प्रदेशको काठमाडौँमा ४३, काभ्रेपलाञ्चोकमा तीन, चितवनमा सात, धादिङमा एक, नुवाकोटमा दुई, भक्तपुरमा चार र ललितपुरमा आठ र सिन्धुपाल्चाोकमा एक, गण्डकी प्रदेशको कास्कीमा १९, गोरखामा तीन, तनहुँमा चार, पर्वतमा एक, म्याग्दीमा तीन र लमजुङमा ६, लुम्बिनी प्रदेशको अर्घाखाँचीमा एक, दाङमा तीन, नवलपरासीमा एक, पाल्पामा दुई र बाँकेमा पाँच तथा सुदूरपश्चिम प्रदेशको कैलालीमा एक जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
    थप दुईको मृत्यु

    नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या दुई हजार ३८ पुगेको मन्त्रालयले जनाएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology