समायोजन खबर खोटाङ, खोटाङमा पहिलो चरणमा ६९१ जनालाई कोभिड–१९ विरुद्धको खोप दिइएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणकाक्रममा अग्रपंक्तीमा खटिएका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, एम्बूलेन्स चालक तथा सरसफाईमा संलग्न कर्मचारीलाई दश दिनमा उक्त खोप दिइएको हो ।
पहिलो चरणमा ३९८ जना महिला र २९३ जना पुरुषलाई कोभिड–१९ विरुद्धको खोप दिइएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए । योसँगै पहिलो चरणको खोप अभियान सम्पन्न भएको छ ।
१५ माघबाट १९ माघसम्म पाँच दिनसम्म जिल्ला अस्पतालमा खोप लगाइएको थियो । टाढा टाढाबाट आउन नभ्याएका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, एम्बूलेन्स चालक तथा सरसफाईमा संलग्न कर्मचारीलाई पुनः पाँचदिन समय दिएर शनिवारसम्म खोप दिइएको हो ।
स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलका अनुसार खोप लगाइएका स्वास्थ्यकर्मी, कर्मचारी कसैलाई पनि साइडईफेक्ट देखिएको छैन । कोभिडको संक्रमणबाट बच्नका लागि पहिलो खोप लगाएका व्यक्तीले पुःन २८ दिनपछि अर्को खोपको डोज लगाउनु पर्ने हुन्छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology