समायोजन खबर खोटाङ, नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहले आज काठमाण्डौमा जनसभा गर्दैछ । नेकपा ओली समूहको वाग्मती प्रदेशले गर्ने जनसभामा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
नारायणहिटी गेट अघिल्तिर दरबारमार्गमा दिउँसो १२ बजे जनसभा सुरु हुने नेकपाको ओली समूहका नेताहरुले बताएका छन् । त्यसअघि काठमाण्डौका विभिन्न ठाउँबाट प्रदर्शनसहित कार्यकर्ताहरुले र्याली निकाल्ने तयारी भइरहेको छ । जनसभाको प्रचारका लागि भन्दै युवा संगठनले हिजो बेलुकी मार्चपास गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको पुस ५ गते प्रतिनिधिसभा विघटनको घोषणा गर्नुभएलगत्तै सत्तारुढ नेकपा औपचारिक रुपमा दुई समूहमा विभाजित भएका छन् ।
प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक रहेको भन्दै विरोधका कार्यक्रम गरिरहेको छ भने ओली समूहले प्रधानमन्त्री ओलीको कदमको बचाउ गर्दै विभिन्न कार्यक्रमहरु गरिरहेको छ । विरोधस्वरुप हिजो प्रचण्ड(नेपाल समूहले आमहड्ताल गरेको थियो ।
नेकपा विभाजित भए पनि निर्वाचन आयोगले भने दुवै समूहको निर्णयलाई वैधानिकता दिएको छैन ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology