• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा सडकमै बसेर हड्ताल

खोटाङमा सडकमै बसेर हड्ताल


समायोजन खबर
  • बिहिबार, माघ २२ २०७७

  • हड्ताल सफल बनाउन सडकमा बसेका प्रचण्ड माधव समूहका नेता तथा कार्यकर्ताहरु ।

    समायोजन खबर खोटाङ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आयोजना गरेको बन्दलाई सफल बनाउन खोटाङमा प्रचण्ड–नेपाल समूहका नेताहरु सडकमै बसेका छन् ।

    बुधबार सरकारले संवैधानिक निकायहरुमा बलमिच्याई गर्दै नियुक्ति गरेको भन्दै नेकपा प्रचण्ड–माधव समूहले आव्हान गरेको बन्द सफल बनाउन दिक्तेलको रत्नपार्कस्थित जिरोप्वाइन्टको सडकमा नेताहरु बसेका हुन् ।अत्यावश्यक वाहेकका सवारी साधन चल्न नदिनका लागि सडकमा गुन्द्री ओछ्याएर तथा बेन्च राखेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पार्टी अध्यक्ष पृथ्वी किराँती, प्रदेश कमिटि सदस्य तथा जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ, कार्यालय सदस्य जलसेर राई, विधार्थीको प्रमुख तथा प्रतिनिधि, युवाको प्रमुख तथा प्रतिनिधि, जनवर्गाीय संगठनको प्रमुख तथा प्रतिनिधिहरु सडकमा बसेका थिए ।

    प्रधानमन्त्री केपी शर्मा ओली सरकारको असंवैधानिक कमद विरुद्धमा सडक बन्द गरेर जनतालाई सचेत गराएको नेताहरुले बताएका छन् ।
    बन्दका कारण विहानैदेखी लामो तथा छोटो दुरीको यातायात र शैक्षिक संस्था ठप्प छ । दिक्तेलबजारमा विहान आंशिक रुपमा होटल तथा पसलहरु खुले पनि दिउँसोदेखी होटल र पसलहरु पुर्णरुपमा बन्द भएको छ ।

    बन्दका कारण यातायात नचल्दा सर्वसाधारणले भने शास्ती खेप्नु परेको छ । शैक्षिक संस्था बन्द भएपछि निजी तथा सामुदायिक विद्धालयहरुको परिक्षा पर सरेको छ । बन्दको क्रममा जिल्लामा कुनै पनि तोडफोड भएको छैन ।

    यो पनि,खोटाङमा पनि देखियो बन्दको प्रभाव, जनजीवन कष्टकर [फोटोफिचर]

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology