• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेकपाका सर्लाही इञ्चार्ज वाग्लेको मृत्यु

नेकपाका सर्लाही इञ्चार्ज वाग्लेको मृत्यु


समायोजन खबर
  • बिहिबार, माघ २२ २०७७

  • फाइल फोटो

    समायोजन खबर खोटाङ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं सर्लाही इञ्चार्ज डाचाराज वाग्लेको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।

    बरहथबाबाट नयाँरोडतर्फ जाँदै गर्दा बुधबार राति मूर्तिया चोकबाट उत्तर वन कार्यालय नजिक नयाँरोड–बरहथवा सडकखण्डमा लडिरहेको अवस्थामा वाग्लेलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलबाट वाग्लेलाई बरहथवा प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो ।

    बुधबार साँझ नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको मसाल जुलुसको नेतृत्व गरेर ज१०प ३२०६ नम्बरको मोटरसाइकलले बरहथवाबाट नयाँरोडतर्फ जाँदै गरेका वाग्ले दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

    घटना सम्बन्धमा गम्भीर एवं सूक्ष्म अनुसन्धान भइरहेको प्रहरी प्रमुख सन्तोषसिंह राठौरले जानकारी दिनुभयो । उहाँ सर्लाहीको हरिपुर नगरपालिका–१ हजारबिगाह निवासी हुनुहुन्थ्यो । अहिले उहाँको शव बरहथवाबाट परीक्षणका लागि जिल्ला अस्पताल मलङ्गवा ल्याउने तयारी भइरहेको नेकपाका जिल्ला अध्यक्ष रेवती पन्तले जानकारी दिनुभयो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology