• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बन्द/हड्तालको विरोध

बन्द/हड्तालको विरोध


समायोजन खबर
  • बुधबार, माघ २१ २०७७

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर खोटाङ, बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले गत निर्वाचनको घोषणापत्र विपरीत मुलुकमा राजनीतिक दलबाट पुनः बन्द/हड्ताल आव्हान गरिएकामा विरोध जनाएको छ ।

    निर्वाचनको घोषणापत्रमा वाम गठबन्धनले ‘विद्यालयलाई राजनितिक हस्तक्षेप मुक्त र विद्यालयलाई शान्ति क्षेत्र बनाइने प्रतिबद्धता गरेको’ उल्लेख गर्दै सिजपले आज जारी गरेको विज्ञप्तिमा बन्द र हड्तालले बालबालिकाको निर्वाध शिक्षा आर्जन गर्न पाउने अधिकार कुण्ठित गर्ने र नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा ३१ को शिक्षा सम्बन्धी हक, बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ७ (८) विपरित शान्तिपूर्ण तथा बालमैत्री वातावरणमा पढ्न पाउने बालबालिकाको हकको ठाडो उलंघन हुने जनाएको छ ।

    सो सञ्जालका अध्यक्ष नरेन्द्र डङ्गोलद्वारा जारी विज्ञप्तिमा विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ विरुद्धका यस्ता कार्यले बालबालिकाको भविष्य र समाजलाई दूरगामी रुपमा नकारात्मक प्रभाव पार्ने भएकाले विधिसम्मत मागहरु वार्ताबाट समाधान गर्न आग्रह गर्नुभएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology