समायोजन खबर खोटाङ, खोटाङको रावाबेशी गाउँपालिकाले अनुदानमा कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको छ । कृषिमा व्यवसायिकता र सहजताका लागि गाउँपालिका भित्रका १४ वटा कृषक समुहलाई ८५ प्रतिशत अनुदानमा मंगलबार हाते ट्याक्टर वितरण गरिएको हो ।
गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेटबाट कुभिण्डेको कोसेली कृषक समुह, माझगाउँ बिहिबारे कृषक समुह, डाँडाटोल कृषक समुह, खार्पाको राताडाँडा कृषक समुह, बहुउद्देश्य कृषक समुह र पिपलडाँडा कृषक समुहलाई हाते ट्याक्टर वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
लामिडाँडाको आरुवोट कृषक समुह, सानीडाँडा कृषक समुह, डुम्रेधारापानीको सुर्यदय कृषक समुह, धारापानी कृषक समुह, दुवेकोलको समानतादेवी कृषक समुह, मिलिजुली कृषक समुह तथा हौचुरको भिसेनटोल कृषक समुह र महादेव फलफुल तथा तरकारी कृषक समुहले हाते ट्याक्टर पाएका छन् ।
कृषकहरुलाई गाउँपालिका अध्यक्ष लिलानाथ निरौला र उपाध्यक्ष समला राईले ट्याक्टर वितरण गरेका थिए । खोटाङ एग्रो ट्रेड एण्ड सप्लायर्स दिक्तेलले सामान र प्राबिधिक सिप उपलब्ध गराएको थियो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology