• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा हालसम्म ४५२ जनालाई कोरोना विरुद्धको खोप

खोटाङमा हालसम्म ४५२ जनालाई कोरोना विरुद्धको खोप


समायोजन खबर
  • सोमबार, माघ १९ २०७७

  • कोभिड विरुद्धको खोप लगाउँदै स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देल ।

    समायोजन खबर खोटाङ, खोटाङमा हालसम्म ४५२ जनालाई कोभिड–१९ विरुद्धको खोप दिइएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणकाक्रममा अग्रपंक्तीमा खटिएका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, एम्बूलेन्स चालक तथा सरसफाईमा संलग्न कर्मचारी गरी ३२२ महिला र १३० पुरुषलाई पाँच दिनमा उक्त खोप दिइएको हो ।

    कोभिड रोकथाम तथा नियन्त्रणकाक्रममा अग्रपंक्तीमा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीलाई जिल्ला अस्पतालबाट माघ १५ गतेदेखि खोप दिन सुरु गरिएको हो । उनीहरुलाई आगामी माघ २४ गतेसम्म खोप दिइने स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए । स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलका अनुसार खोप लगाइएका स्वास्थ्यकर्मी, कर्मचारी कसैलाई पनि साइडईफेक्ट देखिएको छैन ।

    यद्यपी, केहीलाई थकान हुने, ज्वरो आउने, टाउको र जिउ दुख्ने समस्या देखिएको छ । औषधिले २० प्रतिशतमा सामान्य अशर देखा पर्ने सिग्देलले बताए । कोभिड–१९ को संक्रमण दर र मृत्यु दरमा कमी ल्याउने उद्धेश्यले पहिलो चरणमा पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, एम्बूलेन्स चालक तथा सरसफाईमा संलग्न कर्मचारी गरी १ हजार ६१८ जनालाई कोभिड विरुद्धको खोप दिने तयारी गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    स्वास्थ्यकर्मीका अनुसार कोभिडको संक्रमणबाट बच्नका लागि पहिलो खोप लगाएका व्यक्तीले पुःन २८ दिनपछि अर्को खोपको डोज लगाउनु पर्ने हुन्छ । कोभिड विरुद्धको खोप लगाउनका लागि जिल्लामा ३५६ भायल भ्याक्सिल आएको छ । यो भनेको ३ हजार ५६० डोज औषधि हो । यसले १ हजार ७८० जनालाई खोप दिन पुग्नेछ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology