• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

थप १५९ जनामा कोरोना, २६४ जना संक्रमणमुक्त

थप १५९ जनामा कोरोना, २६४ जना संक्रमणमुक्त


समायोजन खबर
  • सोमबार, माघ १९ २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, पछिल्लो २४ घण्टामा देशभर थप १ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार १ सय १८ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार १ सय ४५ जनाको पिसिआर परीक्षण भएको थियो । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ७५ हजार १ सय ५२ पुगेको छ। पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु नभएको मन्त्रालयले पुष्टि गरेको छ ।

    मन्त्रालयका अनुसार हाल ९७ जना क्वारेन्टाइनमा छन् । गत २४ घण्टामा २ सय ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६६ हजार ६ सय पुगेको मन्त्रालयले जनाएको छ।

    यस्तै, देशभर हाल १ सय ५० जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १ सय २८ जना आइसियु र २२ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology