• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

संसद विघटनको विरोधमा मोटरसाईकल र्‍याली निकालेर विरोध प्रदर्शन

संसद विघटनको विरोधमा मोटरसाईकल र्‍याली निकालेर विरोध प्रदर्शन


समायोजन खबर
  • सोमबार, माघ १९ २०७७

  • कांग्रेसको भातृ संस्थाहरुले दिक्तेलबजारमा निकालेको मोटरसाईकल र्‍यालीमा सहभागीहरु ।

    समायोजन खबर खोटाङ, संसद विघटनको असंवैधानिक कदम विरुद्धमा खोटाङमा कांग्रेसको भातृ संस्थाहरुले मोटरसाईकल र्‍याली निकालेर विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि विरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल कांग्रेसको ११ वटा भातृ संस्थाहरुले सोमबार दिक्तेलबजारमा विरोध प्रदर्शन गरेको हो ।

    दिक्तेलको अल्छेढुंगाबाट सुरु भएको मोटरसाईकल र्‍याली रत्नपार्क, पूरानो वेसक्याम, त्रिवेणी चोक, हाटडाँडासम्म पुगेर पुनः त्रिवेणी चोकमा आई कोणसभामा परिणत भएको थियो । र्‍यालीमा सरकार विरुद्ध चर्को नारावाजी भएको थियो ।
    कोणसभालाई नेपाल राष्ट्रिय मगर संघका प्रतिनिधि लाल बहादुर मगर, नेपाल विधार्थी संघका वरिष्ठ उपाध्यक्ष नयन्द्र राई, नेपाल तरुण दलका उपाध्यक्ष काजीमान राई, नेपाल विधार्थी संघका अध्यक्ष राजकुमार वस्नेत र नेपाल तरुण दल अध्यक्ष भिषण राईले सम्बोधन गरेका थिए ।

    उनीहरुले सम्बोधनका क्रममा केपी ओली सरकार सर्वसत्तावाद, भ्रष्टाचारी सरकार भएको र संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको बताएका छन् ।

    कांग्रेसको देशव्यापी कार्यक्रम अन्तर्गत भातृ संस्थाहरुले विरोध प्रदर्शन गरेका हुन् । यस्तै, पूर्व घोषित विरोध कार्यक्रम अन्तर्गत २४ माघमा कांग्रेसको शुभेच्छुक संस्था, ३ फागुनमा कांग्रेसको जिल्ला कार्य समितिले ७७ जिल्ला विरोध प्रदर्शन गर्दैछ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology