• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा बसले किच्दा वृद्धाको ज्यान गयो

खोटाङमा बसले किच्दा वृद्धाको ज्यान गयो


समायोजन खबर
  • सोमबार, माघ १९ २०७७

  • फाइल फोटो

    समायोजन खबर खोटाङ, खोटाङमा बसले किच्दा वृद्धाको ज्यान गएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको  छितापोखरीको पञ्चमीबजारबाट गाईघाटका लागि छुटेको ना ५ ख ९०२२ नम्बरको बसले किच्दा दिप्रुङ चुइचुईचुम्मा गाउँपालिका–३ छोरम्बुकी ७२ वर्षीया चन्द्रकुमारी राई मगरको ज्यान गएकोे हो ।

    गाईघाट जाने बुहारी र दुई नातिनीलाई बस चढाउन गएको अवस्थामा वृद्धालाई सोमबार बिहान ७ बजे छोरम्बुको रोभोलुङमा बसले किचेको हो । बसले किचेपछि बृद्धाको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    बसभित्रै चढेर आफन्तलाई सिटमा राखेपछि ओर्लनेक्रममा सह–चालकले ‘छिटो झर्न’ भन्दै ठेलेपछि वृद्धा कुनापट्टिको लिकमा पर्दा बसले किचेको प्रत्यक्षदर्शीको भनाई उधृद गर्दै छोरम्बुका वडासदस्य तुलस राईले बताए ।

    साँघुरो ठाउँमा धकेलिएर भुईमा झरे पनि वृद्धा चिप्लिएर खाल्डो परेको लिकमा पर्दा छाती र पेट तेर्सो पांग्राले पेलेको स्थानीयले बताएका छन् ।
    घट्ना लगत्तै बस, बसका चालक दलबहादुर पौडेल र सह–चालक नविन कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय खोटाङबजारबाट खटिएका प्रहरी निरिक्षकको टोली घट्नास्थल पुगेपछि बिस्तृत जानकारी आउने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता एवं प्रहरी निरिक्षक गोबिन्द शाहले बताए ।

    घट्नास्थलमा प्रहरीचौकी याम्खा, प्रहरीचौकी छितापोखरी, प्रहरीचौकी भँडारेघाट र प्रहरीचौकी याङसोलाटारबाट प्रहरीको टोली पुगिसकेका छन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology