• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

राष्ट्रपति भण्डारीद्वारा पोर्चुगलका राष्ट्रपतिलाई बधाई

राष्ट्रपति भण्डारीद्वारा पोर्चुगलका राष्ट्रपतिलाई बधाई


समायोजन खबर
  • आइतबार, माघ १८ २०७७

  • राष्ट्रपति विद्यादेवी भण्डारी

    समायोजन खबर खोटाङ,राष्ट्रपति विद्यादेवी भण्डारीले पोर्चुगलका राष्ट्रपतिमा मार्केलो रिबेलो डि सौसा पुनः निर्वाचित हुनुभएकामा बधाई ज्ञापन गर्नुभएको छ ।

    राष्ट्रपति भण्डारीले पोर्चुगाली राष्ट्रपतिलाई आज बधाई सन्देश पठाएर पोर्चुगलको निरन्तर शान्ति, प्रगति र समृद्धिको कामना गर्नुभएको छ ।

    नेपाल र पोर्चुगलबीच विद्यमान जनस्तरको निकट सम्बन्धमा जोड दिँदै उहाँले भविष्यमा द्विपक्षीय सम्बन्ध र सहयोग अझ विस्तार हुने विश्वास सन्देशमा व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    आपसी हितका विषयमा द्विपक्षीय र बहुपक्षीय मञ्चमा पोर्चुगलसँग निकटमा रहेर नेपाल सरकारले सहकार्य गर्न चाहेको सूचना पनि राष्ट्रपति भण्डारीले सन्देशमार्फत सम्प्रेषण गर्नुभएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology