समायोजन खबर खोटाङ, प्रदेश १ मा एक साताको अवधिमा ४९ जना कोरोना संक्रमित थपिएका छन् । माघ ४ गते आईतबार देखि माघ १० गते शनिबार सम्म ४९ जनामा संक्रमण देखिएको हो ।
एकसाताको अवधिमा मोरङमा १६, झापामा १०, सुनसरीमा ९, संखुवासभा र भोजपुरमा २–२ र इलाम र पाँचथर १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म संक्रमितको संख्या ३० हजार ११९ पुगेको छ ।
एक सातामा १०२ जना डिस्चार्ज भएका छन् । हालसम्म २९ हजार ५५८ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार अहिले संक्रिय संक्रमितको संख्या ९६ जना रहेको मन्त्रालयले जनाएको छ ।
एकसातामा १ हजार ७९६ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म २ लाख १५ हजार ४८२ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology