समायोजन खबर खोटाङ, महालेखापरीक्षकको टोलीले खोटाङको नौ वटा स्थानीय तहको लेखापरीक्षण सकेको छ । मंसिरको तेश्रो साताबाट खोटाङ आएको टोलीले आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षण गरीसकेको हो ।
टोलीले ऐसेलुखर्क गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, रावाबेशी गाउँपालिका, केपिलासगढी गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, साकेला गाउँपालिका, बराहपोखरी गाउँपालिका र जन्तेढुंगा गाउँपालिकाको लेखापरीक्षण सकेको लेखापरीक्षण अधिकारी किशोर पोखरेलले जानकारी दिए ।
लेखापरीक्षण सकिएको नौ स्थानीय तहको प्रारम्भिक लेखापरीक्षण रिपोर्ट भने प्राविधिक कारणले बनाउन बाँकी रहेको पोखरेलले बताए । अब, खोटेहाङ गाउँपालिकाको लेखापरीक्षण गर्न बाँकी रहेको र जन्तेढुंगा गाउँपालिकाबाट त्यसतर्फ टोली हिडेको पोखरेलले सुनाए ।
सुरुमा ऐसेलुखर्क गाउँपालिकाको लेखापरीक्षण दिक्तेलस्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयमा बसेर गरेपछि आलोचित भएको महालेखापरीक्षकको टोलीले पुनः बराहपोखरी गाउँपालिकाको खोटेहाङ गाउँपालिकामा बसेर लेखापरीक्षण गर्न खोजेपछि सञ्चार माध्यममा समाचार बाहिरीपछि खोटेहाङ गाउँपालिकाबाट कागजको श्रेष्ता ट्याक्टरमा फर्काएर पालिकामै पुगेर लेखापरीक्षण गरेका छन् ।
पछिल्लो समय सतहमा आएको साकेला गाउँपालिका र बराहपोखरी गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता अनियमित्ता बारेमा महालेखापरीक्षकले प्रारम्भिक रिपोर्ट कस्तो सार्वजनिक गर्ला भन्ने सबैको चासोको विषय बनेको छ ।
यसपटक लेखापरीक्षण अधिकारी पोखरेलको नेतृत्वमा एक टोली मात्रै खोटाङ आएको छ । गतवर्ष महालेखा परिक्षकको कार्यालयका निर्देशक घनश्याम अधिकारी नेतृत्वको तीन टोलीले ४६ दिनसम्म बसेर संघ, प्रदेश र स्थानीय तह, संगठित संस्था तथा समितिको लेखापरीक्षण गरेको थियो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology