• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

देश गम्भीर सङ्कटमा छः डा भट्टराई

देश गम्भीर सङ्कटमा छः डा भट्टराई


समायोजन खबर
  • बुधबार, माघ ७ २०७७

  • पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई

    समायोजन खबर खोटाङ, जनता समाजवादी पार्टीका केन्द्रीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरी देशलाई गम्भीर सङ्कटमा धकेलेको आरोप लगाउनुभएको छ ।

    सो पार्टीद्वारा टीकापुरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उहाँले संसद् विघटन हुँदा लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्ने जोखिम बढेको बताउनुभयो ।

    अध्यक्ष डा भट्टराईले भन्नुभयो, “अहिले मुलुक गम्भीर सङ्कटमा उभिएको छ । यो बेला सबै राजनीतिक दल, नागरिक समाज एक ठाउँमा उभिनुपर्ने बेला आएको छ ।” संसद् विघटन गरी वैशाखमा घोषणा गरेको चुनाव हात्तीको देखाउने दाँतमात्र भएको उल्लेख गर्दै उहाँले वैशाखमा कुनै हालतमा पनि चुनाव हुन नसक्ने बताउनुभयो ।

    पूर्वप्रधानमन्त्री डा भट्टराईले भन्नुभयो, “कांग्रेस, जसपालगायतका दलहरुले चुनाव आउँछ भनेर ¥याल काढ्ने समय यो होइन । अहिले सबै शक्ति एक भएर राष्ट्र र राष्ट्रियताको पक्षमा उभिनुपर्ने बेला हो ।” उहाँले हामी संसद् पुनःस्थपनाको पक्षमा छौँ भन्दै जुनसुकै हालतमा पनि संसद् चलायमान हुनुपर्छ । जनताको जनमतको कदर गर्न पनि न्यायालयले न्याय गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

    पूर्वप्रधानमन्त्री डा भट्टराईले संसद् विघटनसँगै अन्तर्राष्ट्रिय शक्ति पनि नेपालको आन्तरिक मामिलामा चासो राख्न थालेको बताउँदै नेपालले आफ्नो आन्तरिक मामिला आफैँ हल गर्नसक्ने भएकाले त्यसतर्फ नलाग्न ती शक्तिलाई आग्रह गर्नुभयो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology