समायोजन खबर खोटाङ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले दलित र फरक क्षमताका विधार्थीलार्ई झोला वितरण गरेको छ । पालिकासँग महिला कार्यक्रम अन्तरगत बतासेका पाँच विद्यालयमा अध्ययनरत दलित तथा फरक क्षमता भएका छात्र/छात्रालाई पुस्तक बोक्ने झोला वितरण गरेको हो ।
मंगलबार वतासेस्थित जनता मावि भण्डारीडाँडाका ७० जना, राम्चे निकेतन मावि इजाराका २९ जना, पञ्चकौशिका मावि भण्डारेघाटका ५ जना, महेन्द्रतारा आधारभूत विद्यालय मुलाबारीका १५ जना, र सहकला प्राथमिक वालिङखाका ६ जना गरी १२५ जना दलित तथा फरक क्षमता भएका विधार्थीलार्ई झोला वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
सोही माविमा अध्ययनरत छात्रालाई एक थान भलिबल, नेट र पम्प वितरण गरिएको छ । पुस्तक बोक्ने झोला तथा खेलकुदका सामग्री गाउँपालिका उपाध्यक्ष सपना राई, बतासेका वडाध्यक्ष लोकेन्द्र राई, कार्यपालिका सदस्य ज्ञानबहादुर माझी, शिक्षा शाखा संयोजक मनिकुमार गिरी लगायतले विधार्थीलाई हस्तान्तरण गरेका थिए ।
आर्थिक वर्ष २०७६/०७७ मा पालिकासँग महिला कार्यक्रमका लागि विनियोजित ५० लाख बजेटबाट गाउँपालिकाले दलित र फरक क्षमता भएका विद्यार्थीलाई झोला तथा छात्रालाई खेल सामग्री वितरण गरेको हो ।
क्रमशः गाउँपालिकाभित्रका ४८ विद्यालयका कक्षा १ देखि ८ मा अध्ययनरत दलित र फरक क्षमता भएका विद्यार्थीलाई झोला तथा आधारभूत तह र मावि तहमा अध्ययनरत छात्रालाई खेल सामग्री वितरण गरिने गाउँपालिकाका आइटी अफिसर मणिचन्द्र राईले बताए ।
गाउँपालिकाले डाँडागाउँस्थित विद्यालयमा भने यसअघि झोला र खेल सामग्री वितरण गरिसकेको छ । कोभिड–१९ का कारण गतवर्षको कार्यक्रम यस वर्ष सरेको गाउँपालिकाले जनाएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology