• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

विधार्थीहरुको रक्त समुह पहिचान गर्न सुरु

विधार्थीहरुको रक्त समुह पहिचान गर्न सुरु


समायोजन खबर
  • मंगलबार, माघ ६ २०७७

  • विधार्थीको रक्त समुह पहिचान गरिदै । तस्विर चिसाङ शेर्पा

    समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विधार्थीहरुको रक्त समुह पहिचान गर्न सुरु गरेको छ । नगरपालिका मातहतका सामुदायिक र संस्थागत विद्धालयमा अध्ययनरत विधार्थीहरुको रक्त समुह पहिचान गर्न सुरुवात गरेको हो ।

    मंगलबार नगरपालिकाको स्वास्थ्य शाखा र रक्त संञ्चार केन्द्रको सहकार्यमा पञ्च माविबाट रक्त समुह पहिचान अभियानको शुभारम्भ गरिएको छ । अभियानको नगरप्रमुख दिपनारायण रिजालले ब्यानर पढेर शुभारम्भ भएको घोषणा गरेका छन् ।
    शुभारम्भमा पञ्च माविमा कक्षा ८ मा अध्ययनरत छात्र प्रविन आचार्य र छात्रा गंगा आचार्यको रक्त समुह पहिचान गरिएको थियो । प्रविनको ‘ओ’ पोजेटिभ तथा गंगाको ‘बि’ पोजेटिभ रक्त समुह भएको कार्डसमेत नगरप्रमुख रिजालले उनीहरुलाई वितरण गर्नुभएको छ ।

    नगरपालिकाभित्रका ९३ वटा सामुदायिक १० वटा संस्थागत विद्धालयमा अध्ययनरत ८ हजार ८४६ जना विधार्थीहरुको रक्त समुह पहिचान गरिने नगरपालिकाका स्वास्थ्य शाखा संयोजक तीर्थराज आचार्यले जानकारी दिए । आचार्यका अनुसार सम्पूर्ण विधार्थीहरुको रक्त समुह पहिचान गरेर आगामी शैक्षिक सत्रदेखी विधार्थीको परिचय पत्रमा रक्त समुह उल्लेख गरिनेछ ।
    रक्त समुह शुभारम्भ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक नारायण प्रसाद चिमरीया, सशस्त्र प्रहरीका प्रहरी प्रमुख सरोज कार्कीको पनि रक्त समुह पहिचान गरिएको थियो ।

    कोरोना भाइरस आउनुभन्दा अगाडीबाट सुरुवात भएको तर, कोरोनाका कारण स्थगीत भएको नगरपालिकाको ‘स्कुल स्वास्थ्य कार्यक्रम’ अन्तर्गत रक्त समुह पहिचान अभियान थालिएको नगरप्रमुख रिजालले बताए । संस्थागत र सामुदायिक सम्पूर्ण विद्धालयमा रक्त समुह पहिचान गरेर आगामी शैक्षिक सत्रबाट विधार्थीको आइडी कार्डमा ब्लड ग्रुप खुलाउँछौ । नगरप्रमुख रिजालले भने, जसका कारण विधार्थीको रक्त समुह के भन्ने दुविधा हट्नेछ ।

    रक्त समुह पहिचान गर्ने काम निक्कै महत्वपूर्ण भएको बताउँदै नगरप्रमुख रिजालले अब शिक्षा क्षेत्रमा कडा अनुगमन गरिने बताएका छन् । शिक्षा क्षेत्रमा कडा अनुगमन गर्छौ । राम्रो गर्नेलाई पुरस्कृत गर्छौ र नराम्रो गर्नेलाई दण्डीत गर्छौ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology