समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिका–४ घर भई हाल काठमाडौं बस्दै आएका नृप अधिकारीले पृथ्वी मावि बाक्सिलाका विद्यार्थीहरूलाई न्यानो कपडा प्रदान गरेका छन् ।
अधिकारीले सोमबार कक्षा १ देखि ३ कक्षासम्म अध्ययनरत ६० जना विद्यार्थीहरुलाई ९५ हजार बराबरको स्वीटर, जम्फर र ट्राउजर प्रदान गरेकोे विद्यालयका प्रधानाध्यापक रणबहादुर राईले जानकारी दिए ।
जाडोमा न्यानो कपडाको अभावले गर्दा कतिपय बालबालिकाहरु विद्यालय नआउने गरेको र उनीहरूको दैनिक पठनपाठनमा समेत प्रभाव परेकाले न्यानो कपडा वितरण गरिएको सहयोगीदातालाई उद्धृत गर्दै प्रअ राईले बताए । सहयोगीदाता अधिकारी परिवारलाई विद्यालयले धन्यवाद ज्ञापन गरेको छ ।

न्यानो कपडा वितरण गर्दै समाजसेवी तथा व्यवसायी टंकप्रसाद आचार्य ।
यस्तै, समाजसेवी अधिकारीले केपिलासगढी गाउँपालिका–४मा रहेका दुई आधारभूत चार प्राथमिक विद्यालयलाई पनि स्वीटर, जम्फर र ट्राउजर प्रदान गरेका छन् ।
यसैगरी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका समाजसेवी तथा व्यवसायी टंकप्रसाद आचार्यले दिक्तेलमा अवस्थित पञ्च माविका पाँचजना विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेका छन् ।
समाजसेवी आचार्यले तीन जना अपाङ्ग र दुई जना आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई पाँच हजार बराबरको ट्रयाक सुट प्रदान गरेको विद्यालयका शिक्षक कृष्ण आचार्यले जानकारी दिए । समाजसेवी आचार्यले यसअघि पनि कक्षा १ मा अध्ययनरत १० जना विद्यार्थीलाई ब्याग वितरण गरेका थिए ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology