• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

विपन्नलाई न्यानो कम्वल वितरण

विपन्नलाई न्यानो कम्वल वितरण


समायोजन खबर
  • आइतबार, माघ ४ २०७७

  • समायोजन खबर खोटाङ, सुनसरीको इटहरी उपमहानगरपालिकाले विपन्नलाई न्यानो कम्वल वितरण गरेको छ । उपमहानगरपालिकाले इटहरी १७ का विपन्न वस्तिका सयजनालाई जाडोमा ओड्ने न्यानो कम्वल वितरण गरेको हो ।

    इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरी, प्रमुख प्रशासकीय अघिकृत कृष्णप्रसाद सापकोटा र वडा नम्वर १७ का वडाध्यक्ष भगवानलाल साहुले कम्वल वितरण गरेका हुन् ।

    जाडोले सताएको वेला कम्वल वितरण गरेकोमा सर्वसाधारणले उपमहानगरपालिकालाई धन्यवाद ज्ञापन गरेका छन । जाडोवाट प्रभावित अरु वडाको विपन्न वस्तिमा पनि कम्वल वितरण गरिने वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरीले जानकारी दिनुभयो ।

    विगत केहि दिनदेखि वढेको जाडोले सर्वसाधारणको जनजीवन कष्टकर वनेको छ । जाडोवाट वच्न आगो तापेर वाल्नका लागि उपमहानगरपालिकाले चौक आसपास तथा विपन्न वस्तिहरुमा दाउरा समेत वितरण गरेको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology