समायोजन खबर खोटाङ,स्थानीय बजारमा पहेंलो धातुको मूल्य आज पनि ओरालो लागेको छ । तोलामा नै रु ७०० ले ओरालो लागेर साताको पहिलो दिनको कारोवार शुरु भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९१ हजार ८०० मा कारोवार भएको छ । छापावाला सुन शुक्रबार तोलामा रु ९२ हजार ५०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन शुक्रबारका तुलनामा तोलामा नै रु ७०० ले घटेको छ ।
रु ९२ हजारमा शुक्रबार कारोवार भएको तेजाबी सुन आज तोलामा रु ९१ हजार ३०० मा कारोवार भएको छ । यस्तै चाँदी तोलामा रु ३० ले घटेको छ । रु एक हजार २६० मा शुक्रबार कारोवारर भएको चाँदी आज भने रु एक हजार २३० मा मूल्य निर्धारण भएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology