समायोजन खबर खोटाङ, नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली कांग्रेस अलमलमा नभई संसद विघटनका विरुद्ध रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेस विराटनगर महानगरपालिका समितिद्वारा आज यहाँ आयोजित विरोधसभामा उहाँले सरकारले चालेको कदमलाई सच्याउन संसद् पुनस्र्थापना हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले न्यायालयमा पुगेको मुद्दाका विषयमा दबाब दिन नमिल्ने चर्चा गर्दै सरकारले घोषणा गरेको निर्वाचन निष्पक्ष, स्वतन्त्र र सहभागितामूलक हुनुपर्ने धारणा राख्नुभयो । केन्द्र्रीय सदस्य डा कोइरालाले अहिलेको सरकारले मन्त्रिमण्डल विस्तार गर्न नुहने भन्दै मुलुक द्वन्द्वमासमेत फस्न नहुने तर्क राख्नुभयो । उहाँले सर्वाेच्च अदालतले न्याय दिने र त्यो न्याय संसद् पुनस्र्थापनाबाट हुने दाबी गर्नुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य हसन अंसारी र विराटनगर महानगरपालिकाका प्रमुख एवं नेपाली कांग्रेस महानगर समितिका सभापति भीम पराजुलीले सुविधाजनक बहुमत सरकारले चालेको पछिल्लो कदम संविधान विपरीत छ भन्नुभयो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology