समायोजन खबर खोटाङ, खोटाङको साकेला गाउँपालिकाले शिक्षा ऐन, २०७७ ल्याएको छ । ऐन ल्याएसँगै शिक्षा सम्बन्धी कार्य गर्न कानूनी आधार तयार भएको छ । गाउँपालिकाको आज भएको १०औं गाउँसभाले १७ परिच्छेद ९८ दफा र १७ अनुसूची समावेश सहितको ऐन ल्याएको हो ।
साकेला गाउँपालिकाको अबको निकास, सामाजिक आर्थिक रुपान्तरण सहितको दिगो विकास भन्ने नाराका साथ सञ्चालित दशौं गाउँसभाले उक्त ऐन ल्याएको हो । उपस्थित गाउँसभाका सदस्यहरुको बहुमतबाट उक्त ऐन पारित भएको हो ।
उक्त ऐन आएपछि मुख्य गरी सामुदायिक विद्यालयमा रिक्त रहेका अंग्रेजी, गणित, विज्ञान, लेखा, कम्प्युटर, सिभिल ईन्जिनियर, ईलेक्ट्रिकल ईन्जिनियर, पशुपालन वा बालिविज्ञान लगायतको प्राविधिक विषयको जनशक्ति परिपूर्ती गर्ने मनसायले स्थानीय अस्थायी अध्ययन अनुमतिपत्र जारी गर्न सक्नेछ ।
यसरी दिईएको अध्ययन अनुमतिपत्र ५ वर्षको लागि मान्य हुनेछ । त्यस्तै गाउँसभाले अन्य विविध विषयहरुमा समेत निर्णय गरेको छ ।२०७७ पुस २८ गते साँझ ७ :२७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology