• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कराते मोह

कराते मोह


समायोजन खबर
  • आइतबार, पौस २६ २०७७

  • खोटाङको दुर्छिममा कराते सिक्दै वालवालिकाहरु ।

    समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले दुईजना खेल प्रशिक्षक नियुक्ती गरेर खेलाडी उत्पादन गरिरहेकोे छ ।

    दुई नगरपालिका, आठ गाउँपालिका मध्येमा गतवर्षदेखी हलेसीले कराते र फुटवल प्रशिक्षक नियुक्ती गरेर स्थानीय स्तरमै खेलाडी उत्पादनमा टेवा दिइरहेको हो ।
    प्रशिक्षक नियुक्तीपछि सुरु भएको प्रशिक्षण कोरोना भाइरसका कारण झण्डै वर्षदिन बन्द थियो । च्यास्मिटारमा फुटवल तथा दुुर्छिम र हलेसीमा धमाधम चलिरहेको कराते प्रशिक्षण चैत ५ गतेवाट कोरोनाका कारण वन्द गरिएको थियो ।

    कोरोना संक्रमितमुक्त जिल्ला र कोरोना कहर कम भएसँगै पुस १ गतेबाट फुटवल र कराते प्रशिक्षण सुरु भएको कराते प्रशिक्षक मिलन कसजुले जानकारी दिए । कराते प्रशिक्षण दुई स्थानमा दिइदै आएको छ ।दुर्छिम मावि दुर्छिममा ७० जना र हलेसीको महेन्द्रोदय माविमा ४५ जनालाई प्रशिक्षण दिंदै आएको कसजुले बताए । यस्तै, च्यास्मिटारमा ३५ जनालाई फुटबल प्रशिक्षण दिंदै आएको प्रशिक्षक सागर राईले बताए ।

    खेलकुदको माध्यमबाट शाररिक, मानसिक विकास गर्दै अनुशासित र सभ्य समाज निर्माण गर्ने अभियानका साथमा खेलक्षेत्रलाई अगाडी बढाइएको नगरप्रमुख इवन राईले बताए । कोरोनाका कारण वन्द रहेको जिल्लाको अन्य खेलक्षेत्र पनि विस्तारै सुचारु हुन थालेको छ ।२०७७ पुस २६ गते राती ८ :३२ मा प्रकाशित 

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology