• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दंगाल ओली समुहको जिल्ला अध्यक्ष

दंगाल ओली समुहको जिल्ला अध्यक्ष


समायोजन खबर
  • आइतबार, पौस २६ २०७७

  • समायोजन खबर खोटाङ, खोटाङमा नेपाल कम्युनिष्ट पार्टी (ओली समुह)को पार्टी अध्यक्षमा रामप्रसाद दंगाल चयन भएका छन् । पार्टीको जिल्ला कमिटीको तेश्रो वैठकले रिक्त रहेको पार्टी अध्यक्ष पदमा दंगाललाई अध्यक्षमा चयन गरेको आईतबार दिक्तेलमा पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

    पुस २५/२६ गते वसेको वैठकले गाउँदेखी जिल्ला तहसम्म अनवरत क्रियाशिल, उर्जाशिल र प्रखर व्यक्तित्व दंगाललाई सर्वसम्मतीले पार्टी अध्यक्ष छनौट गरेको जिल्ला समन्वय समितिको सभा हलमा भएको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

    पार्टी एकताका समयमा दंगाल नेकपाको पार्टी सचिव थिए । पछिल्लो समय नेकपामा समस्या आएपछि (दाहाल–नेपाल) समुहमा खुलेका उनलाई ओली समुहले केन्द्रमा झिकाएर छलफल गरेपछि उनी ओली पक्षमा खुलेका हुन् ।

    यसैविच, जिल्ला कमिटीको तेश्रो वैठकले पछि थप गर्नेगरी सात सदस्यीय कार्यालय टीम गठन गरेको छ । टीममा दीपनारायण रिजाल, सुरेन्द्र कुमार राई, गृह बहादुर राई, चर्च बहादुर विश्वकर्मा, बिणादेवी राई छन् । वैठकले १४७ जना जिल्ला कमिटी सदस्य तथा ४५ जना सचिवालय सदस्य चयन गरेको जनाइएको छ । वैठक पार्टी ईन्चार्ज विशाल भट्टराईको प्रमुख आतिथ्यमा वसेको थियो ।

    सरकारलाई काम गर्न नदिएर केही व्यक्तिहरु सर्वत्र वाधा र व्यवधान गरी असफलतामा आफ्नो सफलता देख्ने आत्माघाती बाटोमा लागेका कारण भारी मनका साथमा बाध्य भएर गरिएको प्रतिनिधिसभा विघटनको कमदलाई स्वीकार्नु पर्ने अवस्था आएको र अब ताजा जनादेशका लागि नयाँ निर्वाचनको वातावरण निर्माणमा अग्रसर बन्न वैठकले प्रतिवद्धता जाहेर गरिएको बताइएको छ ।२०७७ पुस २६ गते साँझ ५ :२७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology