समायोजन खबर खोटाङ, जिल्लाको दक्षिणी क्षेत्रमा रहेको आमचोक गाउँपालिका–९ दुम्मानामा प्रहरी चौकी स्थापना गरिएको छ । सो क्षेत्रको शान्ति सुरक्षालाई ध्यानमा राख्दै चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख कृष्ण चन्दले जानकारी दिनुभयो ।
चौकीमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा ७ जना जनशक्ति रहने प्रमुख चन्दले बताउनुभयो । चौकीको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीले सो चौकीको उद्घाटन गर्नुभयो ।
सो क्षेत्रमा गाँजा उत्पादन हुने र सोही कारण अवैध कारोबार बढ्न थालेको भन्दै स्थानीयले लामो समयदेखी प्रहरी चौकीको माग गर्दैै आएका थिए ।२०७७ पुस २६ गते बिहान ८ :२९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology